तमु ल्होसार पर्वको छत्रकोट पालिका अध्यक्ष को शुभकामना एकतालाई थप सुदृढ गर्न मद्दत पुग्नेछ
गुल्मीको छत्रकोट गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले गुरुङ समुदायको महान् चाड ‘तमु ल्होसार’ का अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र सुस्वास्थ्यको कामना गर्नु भएकोछ ।
अध्यक्ष पाण्डेले गुल्मी जिल्लाको छत्रकोट गाउँपालिका “बहुजातीय, बहुभाषिक, बहुसाँस्कृतिक विविधतायुक्त नेपाली समाजमा तमु ल्होसारजस्ता पर्वहरूबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुनका साथै यसबाट राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्नेछ भन्ने विश्वास लिएको बताउनु भएको छ ।



