बडिगाड पालिका अध्यक्ष थापाको तमु ल्होसार पर्वको शुभकामना
बाग्लुङ बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले गुरुङ समुदायको महान् चाड ‘तमु ल्होसार’ का अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र सुस्वास्थ्यको कामना गर्नु भएकोछ ।
अध्यक्ष थापा अधिकारीले बाग्लुङ जिल्लाको बडिगाड गाउँपालिका दगा जलजला सिसा खानी रणसीङ भिमगिठे बलगास ग्वालीचौर खाल लगाएत ठाउँ हरु गुरुङ समुदाय बस्ने हुदा “बहुजातीय, बहुभाषिक, बहुसाँस्कृतिक विविधतायुक्त नेपाली समाजमा तमु ल्होसारजस्ता पर्वहरूबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुनका साथै यसबाट राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्नेछ भन्ने विश्वास लिएको बताउनु भएको छ ।
नेपालका हिमाली र उच्च पहाडी भेगमा बसोबास गर्ने गुरुङ समुदायद्वारा तमु ल्होसार पर्वलाई नयाँ वर्ष सुरू भएको अवसरको रूपमा हर्षोल्लासका साथ मनाउने चलन रहेको उल्लेख गर्दै पालिका अध्यक्ष गण्डकी थापा अधिकारीले गुरुङ समुदायको बाहुल्यता रहेका विभिन्न बाग्लुङका विभिन्न पालिकामा यो पर्व धुमधामसँग मनाइने बताउनु भएको छ ।