उच्च अदालत बार एशोसिएशनद्धारा स्थापना दिवश एवं वरिष्ठ अधिवक्ता सम्मान कार्यक्रम सम्पन्न
बार एशोसिएशन नेपालको ६९ औं स्थापना दिवशको अवशरमा उच्च अदालत बार एशोसिएशन बुटवलले स्थापना दिवश एवं वरिष्ठ अधिवक्ता सम्मान कार्यक्रम सम्पन्न गरेको छ । उच्च अदालत बार एशोसिएशन बुटवलका अध्यक्ष गोविन्द प्रसाद मरासिनीको अध्यक्षता एवं उच्च अदालत तुल्सिपुर बुटवल इजलासका मुख्य न्याधीस रामेश्वर तिवारीको प्रमुख आतिथ्यतामा बार दिवश सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि मुख्य न्याधीस तिवारीले नेपालमा बिधिको शासन स्थापनाको लागि नेपाल बार एशोसिएशनको महत्वपूर्ण भूमिका रहेको बताउनु भयो । हिजो पञ्चायति व्यवस्थामा पनि नेपाल बार एशोसिएशन प्रजातन्त्रको पक्षमा उभिएको र नेपालका हरेक राजनीतिक परिवर्तनहरुमा नेपाल बार एशोसिएशनको महत्वपूर्ण योगदान रहेको बताउदै बारको आवाज जनताको आवाज भएको बताउनु भयो । वरिष्ठ अधिवक्ताको उपाधी प्राप्त गर्नुहुने उच्च बार एशोसिएशन बुटवलमा आवद्ध अधिवक्ताहरुलाई बधाई दिदै वरिष्ठ भनेको पहिचान भएको र कानुनको क्षेत्रमा योगदान पु–याएको कारण वरिष्ठको उपाधी प्राप्त भएको बताउनु भयो ।
नेपालको न्यायलयले आज एसियाको उत्कृष्ट न्यायलयको रुपमा पहिचान बनाउन सफल भइरहेको बताउदै न्यायलय र न्याय क्षेत्रलाई न्यायधीस र कानुन व्यवशायी भन्दा समाजमा गर्व गर्न सक्ने बनाउनु पर्ने बताउनु भयो । निश्चित र निर्दिष्ट मापदण्ड पुरा गरिसकेपछि जुनसकै स्रोतबाट आएपनि न्यायधीसले गर्ने न्याय सम्पादन हो र न्यायधीस न्याय सम्पादनमा प्रतिबद्ध हुनुपर्ने बताउनु भयो । बार र बेञ्च बीचमा बेलाबखत हुने गरेको मनमुटाव जस्ता कार्यले जनआश्था घट्ने र जनआश्था घट्यो भने न्यायधीस र कानुन व्यवशायीको इज्जत पनि घट्ने भएकोले त्यसतर्फ सबै सचेत हुनुपर्ने बताउदै बार एशोसियशन बिनाको अदालत र अदालत बिनाको बार एशोसियशनको कुनै अस्तित्व नरहने बताउनु भयो । देशभर रहेको हालका १८ वटा उच्च अदालतका इजलासहरुमा बुटवल इजलास कार्य सम्पादनमा दोस्रो स्थानमा रहेकोमा न्याय क्षेत्रमा आवद्ध सबैमा आभार व्यक्त गर्नुभयो ।
कार्यक्रममा वरिष्ठ अधिवक्ताको उपाधि प्राप्त गर्नुहुने अधिवक्ताहरु केशरमणी अर्याल, कृष्ण प्रसाद पाण्डे, टुकराज पाण्डे, यमलाल खनाल लाई सम्मान गरिएको थियो ।
कार्यक्रममा वरिष्ठ अधिवक्ताहरु सालिकराम बञ्जाडे, डा. बुद्ध थापा, नेत्र बहादुर नेपाल लगायतले शुभकामना मनतव्य राख्नु भएको थियो ।
कार्यक्रममा उच्च अदालत बुटवलका न्यायधीसहरु बासुदेव आचार्य, नारायण प्रसाद पौडेल, जगत बहादुर थापा, दिपेन्द्र अधिकारी, किरण कुमारी गुप्ता, सागर विष्ट, स्वीकृति पराजुली, पुञ्यशिला दवाडी, तेजेन्द्र प्रसाद शर्माको उपस्थिति रहेको थियो । उच्च अदालत वार एशोसिएशन बुटवलका सचिब नागेन्द्र यादवको सञ्चालन तथा उपाध्यक्ष हेमलाल न्यौपानेको स्वागत मनतव्यमा कार्यक्रम सम्पन्न भएको थियो ।
नेपाल बार एशोसिएशनको स्थापन वि.स.२०१३ सालमा भएको हो । तत्कालिन अवस्थामा १० जना अधिवक्ताहरु बाट देवनाथ प्रसाद बर्माको अध्यक्षतामा स्थापना भएको नेपाल बार एशोसिएशनमा हाल १३ हजार भन्दा बढी अधिवक्ताहरु आवद्ध रहेका छन् भने उच्च अदालत वार एशोसिएशन बुटवलमा १ सय पचास जना आवद्ध रहेका छन् ।