spot_img

सैनामैना ग्यालेक्सी स्कुलले मनायो३२औँ वार्षिक उत्सव तथा अभिभावक दिवस

ग्यालेक्सी स्कुलले मनायो३२औँ वार्षिक उत्सव तथा अभिभावक दिवस
पौष -६ शनिबार
सैनामैना ।
सैनामैना नगरपालिका वडा नम्बर ४ मा रहेको ग्यालेक्सी इङलिस बोर्डिङ स्कुलले ३२ औँ वार्षिक उत्सव एवं अभिभावक दिवस मनाएको छ।
कार्यक्रमका प्रमुख अतिथि रहनुभएका सैनामैना नगरपालिकाका नगर प्रमुख फडिन्द्र प्रसाद शर्माले पछिल्लो समयमा यस विद्यालयको प्रगतिको उच्च प्रशंसा गर्दै आजका विद्यार्थीलाई व्यावहारिक ज्ञान सँग नजिक गराइयो भने उनीसँगै उनीहरूको आगामी जीवन पनि उन्नयन हुने कुरा राख्नुभयो ‌।
कार्यक्रमको विशिष्ट अतिथि रहनुभएकी सैनामैना नगरपालिकाकी उपप्रमुख बिना रानाले पछिल्लो समयमा सैनामैना नगरपालिका भित्रका संस्थागत विद्यालयहरू प्रति नगरपालिकाले खेलेको भूमिका अनुसार नै नतिजा पनि आइरहेको हुँदा नगरपालिकाका अतिरिक्त कार्यक्रम मा पनि सहभागी प्रतिफल दिनेमा आफू ढुक्क रहेको कुरा व्यक्त गर्नुभयो।
कार्यक्रमका विशिष्ट अतिथि सैनामैना नगरपालिका वडा नम्बर ४ का अध्यक्ष राम प्रसाद अधिकारीले विद्यालयको शैक्षिक उन्नयनको शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै नेशनल प्याब्सन रुपन्देही जिल्ला अध्यक्ष तथा सुनगाभा पब्लिक स्कुलका प्रधानाध्यापक तिलव केसीले यस ग्यालेक्सी विद्यालय जिल्ला नगरमा समेत अब्बल रहेको यस विद्यालयमा अध्ययन गरेका विद्यार्थी अहिले आफ्नो विद्यालयका कुशल शिक्षक शिक्षिका रहेको बताउनु भयो । ग्यालेक्सी र सुनगाभा स्कुलको आत्यमियता रहेको बताउनु भयो ।
विद्यालय ३२ औँ वार्षिक उत्सव भव्यताका साथ सम्पन्न गरोस भन्न्ने शुभकामना नेपाल रेडक्रस प्रदेश अध्यक्ष लाल प्रसाद पंगेनीले दिनुभयो ।

कार्यक्रममा माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं कार्यक्रमका अध्यक्ष जीवन बन्धु सेवानीले विद्यालयका विद्यार्थीहरूप्रति नयाँ खालको बौद्धिक विकासका लागि गरिने कार्यक्रमहरुलाई विद्यालयले उच्च सम्मानका साथ लागू गर्ने कुरा समेत व्यक्त गर्नुभयो ।
उक्त ३२औँ वार्षिक उत्सव एवं अभिभावक भेला कार्यक्रममा वर्षभरि विद्यार्थीहरूले खेलकुद एवं शैक्षिक कार्यक्रममा प्राप्त गरेका नतिजाको सम्मान गर्दै सिल्ड, मेडल र प्रमाणपत्रले सम्मान गर्नुका साथै विद्यालयलाई अतिरिक्त क्रियाकलापको माध्यमबाट नाम उच्च बनाउने विद्यार्थी तथा शिक्षकहरुलाई समेत सम्मान गरिनुका साथै विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक श्रवण कुमार गौतमले विद्यालयको शैक्षिक उन्नयनका विषयमा आफ्नो प्रगतिप्रतिवेदन राख्नुका साथै आगामी दिनको शैक्षिक योजना समेत प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीवन बन्धु सेवानीको अध्यक्षता कार्यक्रममा पाल्नुहुने अतिथि एवं सम्पूर्ण मान्यवरहरुलाई स्वागत स्वरूप विद्यालयका सहप्राचार्य भीम बहादुर थापाले राख्नुभएको थियो र कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक बाबुराम खनालले गर्नुभएको थियो।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर