spot_img

रुपन्देहीको गैडहवा गाउँपालिका छैठौं रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

दिनेश घिमिरे गैडहवा- रुपन्देहीको गैडहवा गाउँपालिका छैठौं रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ।
रस्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद भन्ने मुल नारा सहित उक्त कार्यक्रम आयोजना गरिएको बताईएको छ।

कार्यक्रममा प्रमुख अतिथि गैडहवा गाउँपालिका अध्यक्ष सुरेन्द्र पौड्यालले ,सिकाइ परीक्षामुखी मात्र नभएर कुनै पनि प्रकारको डर, त्रासरहित वातावरणमा आधुनिक प्रविधिको प्रयोग गर्दै रचनात्मक, सिर्जनशील प्रयोगात्मक, खोजमूलक, स्थलगत भ्रमणमा आधारित, अनुसन्धानमूलक, परियोजनाकार्यमा आधारित शिक्षा हुनुपर्नेमा जोड दिनु भयो।
अध्यक्ष पौडेलले विद्यालयको भौतिकपूर्वाधार बालबालिकाको सर्वोच्चता कायम भएको बालमैत्री पढौं पढौं लाग्ने सुसज्जित कक्षा कोठा, स्वच्छ सफाखानेपानीको व्यवस्था, उपयुक्त फर्निचर, उपयुक्त व्यवस्थित खेलमैदान, सुरक्षित कम्पाउण्ड घेराबार, मनोरम हरियाली वातावरण, व्यवस्थित पुस्तकालय, प्रयोगशाला, डिजिटल सामग्री (कम्प्युटर, ल्यापटप, स्मार्ट बोर्ड आदि) प्रत्येक कक्षामा सिकाइ चमेना गृह, शिक्षकतथा छात्रछात्रा आवासको व्यवस्था शैक्षिक गुणस्तर सुधारको लागि आवश्यक पर्ने भएकोले पालिकाले क्रमश सुधारका काम गर्दै जाने र कार्यक्रममा अनुशासननै बिद्यार्थी प्रमुख गहना रहेकोले अनुशाशीत खेल खेल्न र रेफ्री हरुलाई योग्यताको आधारमा मुल्यांकन गरि खेल खेलाईदिन आग्रह गर्दै पालिकाको समग्र बिकासमा राजनीति नगरी सबै बिकासमा एक हुनुपर्ने र पालिकाले समाबेसी बिकास गरिरहेको बताउनु भयो।
कार्यक्रममा विशिष्ट अतिथि पालिका पुर्व अध्यक्ष बच्चुलाल केवटले रास्ट्रपति रनिङ शिल्ड बाट खेल प्रदर्सन गरेर अगाडि बढन शुभकामना दिनु भयो।

कार्यक्रममा शुभकामना मन्तव्य निजि बिद्यालयको तर्फबाट बाट राम लाल लोध सामुदायिक बिद्यालय रामजी प्रसाद आचार्य  शिव कुमार यादव जसपा लोसपा रामकिसुन राय  ,वडा न ५ अध्यक्ष बिजय कुमार शर्मा नेकपा माओवादी केन्द्र पार्टी को तर्फबाट दान बहादुर घर्ती  जनमत पाटी तर्फबाट रामदेव यादव नेकपा एमाले गैडहवा गाउँ कमिटी अध्यक्ष तिलक रिजाल नेपाली कंग्रेस क्षेत्रिय सभापति उसिउल्ला मुसलमान  लगाएत ले पालिकाले गरेका हरेक काम को समाबेशी रहेको बताउदै खेलकुद क्षेत्रमा पालिकालाई अगाडि बढन शुभकामना दिनु भयो।कार्यक्रममा रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता संयोजक बिजकुमार चाई उपस्तिथि सम्पूर्ण स्वागत गर्दै कार्यक्रम सफलता को शुभकामना दिनु भयो
कार्यक्रमको अध्यक्षत्ता गैडहवा गाउँपालिका शिक्षा शाखा प्रमुख माधवराज पौडेलले शिक्षा क्षेत्रमा सुधारको लागि जनप्रतिनिधि कर्मचारी स्थानीय बुद्धिजीवी सम्पूर्ण साथ सहयोग आवश्यक पर्ने बताउनु भयो
कार्यक्रममा २२ सामुदायिक बिद्यालय संस्थागत बिद्यालय १५ र मदार्स ८ बिद्यालय को सहभागीता रहेको थियोे बिद्यार्थीले मार्चपास संगै कार्यक्रमको बिचबिचमा नृत्य समेत प्रस्तुत गरेका थिए कार्यक्रममा स्थानीय जनप्रतिनिधि कर्मचारी स्थानीय बुद्धिजीवी विभिन्न संघसंस्थाको उपस्थिति रहेको थियोे कार्यक्रमको सन्चलान जनकल्याण माध्यमिक बिद्यालयका प्राचार्य सन्ज्य यादव ले गर्नु भएको थियोे ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर