spot_img

दाङमाको देउखुरीमा स्कुल बसले ठक्कर दिदा एक युवकको ज्यान गएको छ

साझ दाङमाको देउखुरीमा स्कुल बसले ठक्कर दिदा एक युवकको ज्यान गएको छ । पुर्व पश्चिम राजमार्ग अन्तरगत लमही भालुवाङ सडकखण्डको बिजौरीमा स्कुल बसले मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक राप्ती गाउँ पालिका ८ बिजौरी निवासी २० बर्षिय किशन शाहीको ज्यान गएको हो ।

ईलाका प्रहरी कार्यालय भालुवाङले दिएको जानकारी अनुसार

लमहिस्थित एक संस्थागत विद्यालयको रा १ क १४१८ नम्बरको बसले रा ५ प २६०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक शाहीको घटनास्थलमै मृत्यु भएको थियो ।

शाहीको ज्यान गए लगत्तै आक्रोशित स्थानीयले अहिले पुर्व पश्चिम राजमार्गको लमही भालुवाङ सडकखण्ड अवरुद्ध पारेको प्रहरीले जनाएको छ । संस्थागत बिध्यालयको नाम भने प्रहरीले खुलाएको छैन । स्मरण रहोस सोहि सडक खण्डमा हिजो बेलुका मालबाहक ट्रकले मोटरसाइकल चालकलाई ठक्कर दिदा अर्का एक युवकको पनि मृत्यु भएको थियो ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर