सैनामैनाको झारवैरा स्थित न्यू एकेडेमी बोर्डिङ स्कुलमा संघीय नमूना संसद,२०८१ सोमबार सम्पन्न भएको छ ।
न्यू एकेडेमीबोर्डिङ स्कुलको आयोजना र निर्वाण कानूनी समाजको सहकार्यमा नेपालको संघीय संसदीय अभ्यासबारे प्रशिक्षण दिन एवं विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई संसदको कामकारबाही बारे विभिन्न जानकारी प्रदान गरि व्यवहारिक अनुभव गराउने उद्देश्यका साथ ३ दिवसिय कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा निर्वाण कानूनी समाजका सदस्यहरुले प्रशिक्षण दिनुभएको थियो ।
संसद भनेको के हो ? नमुना संसदको महत्त्व, विधेयक, बजेट,शुन्य समय, विशेष समय लगायतका संसदमा प्रयोग हुने विभिन्न शब्दावली एवं कामकारबाहीलाई कार्यक्रममा प्रस्तुत गरिएको कानूनी समाजका सचिव नवीन पौडेलले जानकारी दिनुभयो ।
नमुना संसद् कार्यक्रममा विद्यार्थीहरुले संसदको झल्को दिने गरी सभामुख राष्ट्रपति,प्रधानमन्त्री, मन्त्री, सत्तापक्ष, प्रतिपक्ष र , मर्यादापालक, संसद सचिवालयका कर्मचारीको भूमिका निभाएका थिए ।
संसदमा सभामुखले बैठक प्रारम्भ भएको घोषणा भएपछि शुन्य समय एवं विशेष समयमा सांसदहरुले देशमा विद्यमान भ्रष्टाचार, बेथितिलगायतका मुद्दालाई सभामुख मार्फत् सरकारलाई ध्यानाकर्षण गराएका थिए ।
यस्तै सासंदहरुले वार्षिक निति तथा कार्यक्रम, बजेट, विधेयक लगायतका विषयमा सरकारलाई ध्यानाकर्षण गराउँदै आवश्यक कुरा सच्चाउन समेत माग गरेका छन् ।
विद्यालयमा अध्ययनरत कक्षा १० का करिब ५० जना विध्यार्थीहरुको सहभागीतामा सम्पन्न नमुना संसद कार्यक्रम मंसिर २८, २९ र पुस १ गते गरि विद्यालयको सभा हलमा सम्पन्न भएको थियो ।
समापन कार्यक्रममा सैनामैना नगरपालिका वडा नं २ का वडा अध्यक्ष, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानध्यापक, विद्यालयका शिक्षक एवं विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
पछिल्लो समय निर्वाण कानूनी समाजले सैनामैनाका विभिन्न विद्यालयहरुमा नमूना संसद् कार्यक्रम गर्दै आएको छ ।