भागवत भास्कर कमलनयन द्धारा लुम्बिनी केबलकारको अवलोकन भ्रमण तथा मा कामाख्या मन्दिरमा पुजा
बुटवल पौष १
भागवत भास्कर कमलनयन गौतमले आज लुम्बिनी केबलकारको अवलोकन भ्रमण तथा माँ कामाख्या मन्दिरमा पुजा, आराधाना गर्नु भएको छ । राष्ट्रिय परोपकार केन्द्र नेपालका राष्ट्रिय अध्यक्ष समेत रहनु भएका भागवत भास्कर गौतम कार्यक्रमको शिलसिलामा बुटवल आउनु भएको हो ।
भागवत भास्कर गौतमले लुम्बिनी केबलकारको अवलोकन भ्रमण, माँ कामाख्या मन्दिरमा पुजाका साथै लुम्बिनी केबलकारको टप स्टेशनमा सञ्चालित एड्भेञ्चर जिपलाईन, स्काई साईकिलिङ्, जाईन्ट स्वीङ्गमा पनि सहभागि हुनु भएको लुम्बिनी केबलकार लिमिटेडले जनाएको छ ।
भागवत भास्कर कमलनयन गौतमले नेपालका विभिन्न स्थानहरुमा ज्ञान महायज्ञहरु सञ्चालन गर्दै आउनु भएको छ । ज्ञान महायज्ञ बाट उठेको दान रकम बाट विद्यालय, क्याम्पस, मन्दिर एवं धामहरु निर्माण तथा सञ्चालन हुदै आईरहेका छन् ।
२०६४ सालमा रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं.–१२ मा नयाँगाउँ मा.वि.को स्तरउन्नती गर्न र श्री स्वामीनारायण मुक्तिनाथ धाम निर्माणको लागि ज्ञान महायज्ञ भएको थियो । उक्त ज्ञान महायज्ञको मुख्य बाचक भागवत भास्कर कमलनयन गौतम रहनु भएको थियो ।
भागवत भास्कर कमलनयन द्धारा लुम्बिनी केबलकारको अवलोकन भ्रमण तथा मा कामाख्या मन्दिरमा पुजा
प्रतिक्रिया