spot_img

नेपाल पत्रकार महासंघ रुपन्देहीको अध्यक्षमा दिनेश पाण्डे निर्वाचित

नेपाल पत्रकार महासंघ रुपन्देहीको अध्यक्षमा दिनेश पाण्डे निर्वाचितभैरहवा, २९ मंसिर । नेपाल पत्रकार महासंघ रुपन्देही शाखामा प्रेस चौतारी नेपाल र नेपाल प्रेस युनियनको संयुक्त प्यानल विजयी भएको छ । महासंघ रुपन्देहीको अध्यक्षमा दिनेश पाण्डे ९५ मतका साथ विजयी भएका छन् । पाण्डेका प्रतिष्पर्धी समाजवादी प्रेस संगठन, नेपालका विनोद परियारले ७७ मत प्राप्त गरेका थिए । उनलाई प्रेस सेन्टरलगायत विभिन्न संगठनको समर्थन थियो । त्यस्तै प्रेस चौतारीबाट विद्रोह गरी बागी उम्मेदवारी दिएकी अमृता अनमोल पाण्डेले ५९ मत ल्याएकी थिइन् ।उपाध्यक्षमा विश्वास ढकाल निर्विरोध निर्वाचित भएका थिए । महिला उपाध्यक्षमा मीना पाण्डे (अस्मिना) १३४ मत ल्याइ विजयी हुँदा उनका प्रतिष्पर्धी माया केसी ६८ र उषा किरण पन्थले १७ मत प्राप्त गरिन् । त्यस्तै सचिवमा सिपी खनाल १३६ मत प्राप्त गरी विजयी हुँदा कविराज अधिकारी (कपिल) ८५ मत प्राप्त गरे ।

सह–सचिवमा झविन्द्र देवकोटा १५४ मत ल्याइ विजयी भए भने टेकराज भुसालले ४० र माधवराज न्यौपानेले २८ मत प्राप्त गरे । त्यसै गरी सह-सचिव (समावेशी) मा सुमन रश्मी श्रेष्ठ १२० मत प्राप्त गरी विजयी हुँदा राधेश्याम विश्वकर्माले ६२ र सुनिता चुँदालीले ४६ मत ल्याए । कोषाध्यक्षमा नरेश केसी १५८ मत प्राप्त गरी विजयी हुँदा सञ्जय सौगात विश्वकर्माले ६९ मत प्राप्त गरे ।

त्यस्तै कार्यसमिति सदस्यहरुमा महिला सदस्यतर्फ अनिता चौधरी (१४८), दलित सदस्यमा कृष्ण रणपाल (१४६), आदिवासी जनजाति सदस्यमा नरेश चौधरी (१४२) र मधेशी सदस्यमा हृदयराम गुप्ता (१३९) मत प्राप्त गरी विजयी भएका छन् ।

त्यस्तै खुल्ला ८ जना सदस्यमा कल्पना डुम्रे (१५२), डि.बी. सुस्लिङ (११४), दिनेश कुमार श्रेष्ठ (११६), भुवन जिसी (१२०), रबिन्द्र प्रताप गुप्ता (१३४), रामप्रसाद भण्डारी (१३२), ललित कुमार पाण्डेय (१४६) र सुमित्रा चापागाईं १११ मत प्राप्त गरी विजयी भएका छन् । सदस्य (अन्य समावेशी) मा गोविन्द बहादुर घर्ती सर्वसम्मत निर्वाचित भएका थिए ।

राति अबेर सकिएको निर्वाचनको मतपरिणाम घोषणा गर्दै निर्वाचन समिति संयोजक खिमानन्द भट्टराईले महासंघलाई साझा संस्थाको रुपमा अघि बढाउन शुभकामना दिए । अध्यक्षमा निर्वाचित पाण्डे यसअघि पत्रकार महासंघ रुपन्देहीको उपाध्यक्ष भई जिम्मेवारी निर्वाह गरेका थिए । उनी यस अगाडिको निर्वाचनमा रामराज पोख्रेलसँग अध्यक्षमा पराजित भएका थिए ।
निर्वाचित भएपछि प्रतिक्रिया दिंदै पाण्डेले पत्रकारहरुको हकहित र क्षमता अभिवृद्धिमा विशेष ध्यान दिने बताए ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर