spot_img

नेपाल रेडक्रस सोसाइटी सैनामैना उपशाखा (पर्रोहा) द्वारा बृहत् रक्तदान कार्यक्रम सम्पन्न

नेपाल रेडक्रस सोसाइटी सैनामैना उपशाखा (पर्रोहा) द्वारा बृहत् रक्तदान कार्यक्रम सम्पन्न

नेपाल रेडक्रस सोसाइटी सैनामैना उपशाखा(पर्रोहा) को आयोजनामा मंगलबार बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

“सेवा नै धर्म हो” भन्ने मूल उदेश्यले आयोजना गरिएको उक्त कार्यक्रम वडा नं ४ को आर्थिक सहयोग एवं राष्ट्रिय युवा क्लब वडा ४ को समन्वयमा सैनामैनाको नगर अस्पताल ४,मुर्गियामा आज बिहान ७:०० बजेदेखि सुरु भएको थियो ।

कार्यक्रम नेपाल रेडक्रस सोसाइटी उपशाखा(पर्रोहा) का अध्यक्ष मिना भण्डारीको अध्यक्ष्यता, सैनामैना नगरपालिकाका नगर प्रमुख फणीन्द्र प्रसाद शर्माको प्रमुख अध्यक्षता, गोबिन्द प्रसाद आचार्यको संयोजकत्व एवं कार्यभार सचिव विक्रम पौडेलको सञ्चालनमा सम्पन्न भएको राष्ट्रिय युवा क्लब सैनामैना वडा नं ४ का अध्यक्ष विष्णु ढकालले जानकारी दिनुभयो ।

यस्तै कार्यक्रममा राष्ट्रिय युवा क्लब वडा नं ४ ले स्थापना कालदेखि गर्दै आएको नमूना कार्यहरु निकै प्रशंसनीय रहेको बताइएको छ ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर