spot_img

गैडहवामा २३औं राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका समुदायिक दिवसमा स्वयंसेविकालाई सम्मान तथा विदाई सम्पन्न

गैडहवामा २३औं राष्ट्रिय महिला स्वास्थ्य समुदायिक दिवसमा स्वयंसेविकालाई सम्मान तथा विदाई ।

रुपन्देहीको गैडहवा गाँउपालिकामा २३औं महिला सामुदायिक स्वस्थ्य दिवसको अवसरमा “विविध स्वास्थ्य क्रियाकलापहरुमा महिला सामुदायिक स्वास्थ्य स्वंयसेविकाको भूमिका, स्वास्थ्य समाज निर्माणमा सहभागिता” भन्ने मूल नाराका साथ स्वयंसेविकालाई विदाई एवम् सम्मान गरेको छ ।
गाउँपालिकामा ३ जान महिला ६० बर्ष पुरा भएका स्वास्थ्य स्वयंसेविका अवकास पाएका महिला तुलसी भट्टाराई क्षेत्री, प्रभावती कुर्मी , गोमा उपाध्या लाई जनहि ५० हजार नगद प्रमाणपत्रले विदाई गरि गरेको थिए ।
भने १ देखि ९ वडाका उत्कृष्ट स्वास्थ्य स्वयंसेविका लाई प्रमाणपत्रले सम्मान गरेको गैडहवाका स्वास्थ्य प्रमुख सुरेन्द्र चौहानले जानकारी दिनुभयो ।
कार्यक्रमको उद्घाटन गर्दै गैडहवा गाँउपालिका अध्यक्ष सुरेन्द्र पौडेलले स्वयंसेविकाहरुले परिवार नियोजनबारेको चेतना, अस्थायी साधन वितरण, झाडापखाला, श्वासप्रश्वास सम्बन्धी रोगको प्राथमिक उपचार, खोप कार्यक्रम सञ्चालन, स्वास्थ्य शिक्षा प्रदान जस्ता लगायतका काम गर्दै आएको र स्वयंसेविका भनेकै गाउँ घर डाक्टर भनेर चिनिने भएकोले ९ वटा वडाका महिला सामुदायिक स्वास्थ्य स्वंयसेविकाको योगदानले बाल मृत्युदरमा कमी आएको पौडेले बताए ।
कार्याक्रमको प्रमुख अतिथी चिन्तामाणी ज्ञवाली विशिष्टी अतिथि पालिका उपाध्यक्ष मधुरी जैसवाल,विशिष्ट अतिथि प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतम अतिथि वडा नम्बर ३ का अध्यक्ष राम अजोर यादव ,वडा नम्बर ५का वडा अध्यक्ष बिजय कुमार शर्मा , वडा नम्बर ६ क वडा अध्यक्ष राज कुमार लोध, वडा नम्बर ८ वडा अध्यक्ष भुवन राना मगर ,वडा नम्बर ९ वडा अध्यक्ष मिना क्षेत्री लगायतले आ आफ्नो भनाइ राख्नुराख्नु भएको थियोे ८२ जना स्वास्थ्य स्वयंसेविका महिलाहरुलाई झोला र खादाँ लगाई स्वागत गरेका थिए ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर