spot_img

पूर्व उपप्रधानमन्त्री महत द्धारा लुम्बिनी केबलकारको अवलोकन भ्रमण

पूर्व उपप्रधानमन्त्री महत द्धारा लुम्बिनी केबलकारको अवलोकन भ्रमण
पूर्व उपप्रधान तथा अर्थमन्त्री प्रकाशशरण महतले आज बुटवल – पाल्पा अवस्थित लुम्बिनी केबलकारको अवलोकन भ्रमण तथा माता कामाख्या मन्दिरको दर्शन गर्नुभएको छ । भ्रमणका क्रममा पूर्व उपप्रधानमन्त्री महतले पर्यटन विकाशको क्षेत्रमा लुम्बिनी केबलकारले पु–याएको योगदानको प्रशंशा गर्नुभएको लुम्बिनी केबलकार लिमिटेडले जनाएको छ ।
लुम्बिनी केबलकार लुम्बिनी प्रदेशको पहिलो केबलकार हो । यो केबलकार विश्वविख्यात केबलकार निर्माता कम्पनी डोपलमायरले निर्माण गरेको हो । युरोपियन प्रविधिबाट निर्मित यो केबलकारलाई विश्वभर नै सुरक्षित मानिन्छ । यो केबलकार रुपन्देहीको बुटवल गोलपार्कदेखि पाल्पाको तिनाउ गाउँपालिका वडा नं.–३ बशन्तपुर सम्म सञ्चालनमा रहेको छ ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर