मुक्तिनाथ धामको साधारण सभा सम्पन्न
बुटवल
नेपालको धार्मिक स्थलहरु मध्येको एक स्वामीनारायण मुक्तिनाथ धाम बुटवल उपमहानगरपालिका वडा नं.–१२ नयाँगाउँ रुपन्देहीको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ । स्वामी नारायण मुक्तिनाथ धामका पीठाधीस ब्रह्मनिष्ठ, तत्वदर्शी १००८ स्वामी लोकानन्दको स्वामीको विशेष आतिथ्यता,बुटवल उपमहानगरपालिका वडा नं.१२ का वडा अध्यक्ष डिल्ली प्रसाद शर्माको प्रमुख आथित्यता र समाजसेवी तुल्सिराम भण्डारीको सञ्चालनमा साधारण सभा सम्पन्न भएको हो ।
साधारण सभाले बाबुराम महतको अध्यक्षतामा १५ सदस्यीय स्वामिनारायण मुक्तिनाथ धाम समिति गठन गरेको छ । जसको वरिष्ठ उपाध्यक्षमा दयाराम न्यौपाने,उपाध्यक्षमा विष्णु कौडिण्य, महासचिबमा तुल्सिराम भण्डारी कोषाध्यक्ष मणिराम अर्याल रहनु भएको छ ।
साधारण सभामा स्वामिनारायण मुक्तिनाथ ट्रष्टका संस्थापक अध्यक्ष एव प्रमुख अतिथि डिल्ली प्रसाद शर्मा, संस्थापक महासचिब नबराज अधिकारी, महायज्ञ सम्पादन मूल समिति २०६७ का अध्यक्ष चुरामणी भुसाल लगायतले धामको स्थापना कालदेखि हाल सम्मको अवस्था बारेमा प्रकाश पार्नु भएको थियो ।
स्वामिनारायण मुक्तिनाथ धामको स्थापना वि.सं.२०६४ सालमा भएको हो । स्थानीय धर्मप्रेमी खेमलाल भण्डारी, दयाराम न्यौपाने, भगवती पोखरेल, बिहारीलाल दंगोरिया थारु, कमलनाथ ज्ञवाली, छबिकला पौडेल, कृष्णराज शाक्यले मुक्तिनाथ मन्दिर निर्माणको लागि आठ कठ्ठा जग्गा दान गर्नुभएको थियो । उक्त जग्गामा हाल मुक्तिनाथ मन्दिर, १०८ धारा, गणेश मन्दिर, हनुमान मन्दिर,२७ फिट अग्लो शिव ज्वतिरलिङ्ग, अखण्ड दीप मन्दिर, हवन यज्ञशाला, सरदर १ हजार क्षमता भएको तिन तलाको आश्रम, ५ संय क्षमताको सभाहल लगायत संरचनाहरु रहेको छन् ।
वि.सं.२०६४ साल माघ २२ गतेदेखि २९ गते सम्म मुक्तिनाथ धाममा, मुक्तिनाथ मन्दिर निर्माणको लागि पहिलो ज्ञान महायज्ञ सम्पन्न भएको थियो । त्यस पछिका वर्षहरुमा हरेक वर्ष ज्ञान महायज्ञ हुदै आईरहेका छन् । यही २०८१ साल माघ २२ गतेदेखि २८ गतेसम्म १८ औं नियमित ज्ञान महायज्ञ हुने मुक्तिनाथ धामले जनाएको छ ।
वि.स.ं२०६४ सालदेखि स्वामिनारायण मुक्तिनाथ विकाश ट्रष्टको नाममा दर्ता रहेकोमा २०८० सालदेखि स्वामिनारायण मुक्तिनाथ धाममा रुपान्तरण गरिएको मुक्तिनाथ धामका महासचिब तुल्सिराम भण्डारीले बताउनु भयो ।
मुक्तिनाथ धामको साधारण सभा सम्पन्न
प्रतिक्रिया