संघीय मन्त्री अधिकारीद्धारा केबलकारको अवलोकन भ्रमण
बुटवल, मंसिर ९
सरकारका संघीय भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले आज बुटवल – बशन्तपुर सञ्चालित लुम्बिनी केबलकारको अवलोकन भ्रमण गर्नुभएको छ । मन्त्री अधिकारीलाई लुम्बिनी केबलकारका अपरेशन म्यानेजर डिएन कायस्थले स्वागत गर्दै लुम्बिनी केबलकारको बारेमा जानकारी गराउनुको साथै पर्यटनको क्षेत्रमा लुम्बिनी केबलकारले खेलिरहेको भूमिका बारे जानकारी गराउनु भएको लुम्बिनी केबलकार लिमिटेडले जनाएको छ ।
संघीय मन्त्री अधिकारीद्धारा केबलकारको अवलोकन भ्रमण
प्रतिक्रिया