spot_img

समृद्धि सहकारीको साधारण सभा सम्पन्न

समृद्धि सहकारीको साधारण सभा सम्पन्न
बुटवल उपमहानगरपालिका वडा –१२ मा रहेको समृद्धि बचत तथा क्रृण सहकारी संस्था लिमिटेडको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बुटवल उपमहानगरपालिका वडा नं.–१२ नयाँगाउँ खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको सभाहलमा संस्थाका अध्यक्ष नबराज अधिकारीको अध्यक्षता र बुटवल उपमहानगरपालिका वडा नं.–१२ का वडा अध्यक्ष दिल्ली प्रसाद आचार्यको प्रमुख आतिथ्यता, बुटवल उपमहानगरपालिका सहकारी विभागका प्रमुख गुनाकर खनालको विशेष आथित्यता जिल्ला सहकारी संघ रुपन्देहीका कार्यसमिति सदस्य नमकला वेल्बासे, रुपन्देही बचत तथा क्रृण सहकारी संघका व्यवस्थापक शर्मिला गौतम, सहकारी संस्थाका सस्थापक अध्यक्ष सुन्दर भुसाल, लेखा सुपरिवेक्षण समितिका संयोजक कमल प्रसाद अधिकारीको आतिथ्यता सहकारी संस्थाका सदस्य सरस्वती अधिकारीको स्वागत मनतव्य र सचिव शिव आचार्यको सञ्चालनमा सम्पन्न भएको हो ।
सोहै साधारण सभाले अध्यक्ष, कोषाध्यक्ष र लेखा सुपरिवेक्षण समितिको साधारण सभामा प्रस्तुत प्रतिवेदनहरु छलफल पछि सर्वसहमतिबाट पारित गरेको छ । साधारणमा बोल्दै बुटवल उपमहानगरपालिका सहकारी विभागका प्रमुख गुणाकर खनालले बुटवल उपमहानगरपालिकामा रहेका २ संय चालिस सहकारी मध्ये १ संय तेत्तिस सहकारीहरुलाई बुटवल उपमहानगरपालिकाको सहकारी विभागले नियमन गर्ने गरेको र अनुगमनका क्रममा समृद्धि बचत तथा क्रृण सहकारी संस्थाको कार्य पूर्ण रुपमा सहकारीको मूल्य, मान्यता रहेको बताउनु भयो । रुपन्देही बचत तथा क्रृण सहकारी संघका व्यवस्थापम शर्मिला गौतमले नेपालमा रहेका ३० हजार मध्ये ५ संय सहकारीमा समस्या देखिएको र यसले सिङ्गो सहकारी अभियानलाई नै असर पारिरहेको बताउनु भयो । प्रमुख अतिथि बुटवल उपमहानगरपालिका वडा नं.–१२ वडा अध्यक्ष दिल्ली प्रसाद शर्माले बाहिरबाट आई धेरे व्याज दिने प्रलोभन देखाई सहकारीको कार्यक्षेत्र भन्दा बाहिर गई गतिबिधि गर्ने सहकारीहरुमा समस्या सृजना हुने गरेको पाईएकोले त्यसतर्फ सचेत हुनुपर्ने बताउनु भयो । कार्यक्रममा सल्लाहकार नाम बहादुर कुँबर, सदस्य तथा समाजसेवी डम्मरदेब अर्याल, नयाँगाउँ खानेपानी तथा सरसफाई संस्थाका सहसचिब तिल बहादुर साहनी, सस्थाको संस्थापक अध्यक्ष सुन्दर भुसाल, पूर्व अध्यक्ष कृष्णराज गैरे लगायतले बोल्दै समृद्धि बचत तथा क्रृण सहकारी संस्था यस क्षेत्रको अग्रणी संस्था भएको बताउनु भयो ।
समृद्धि बचत तथा क्रृण सहकारी संस्था लिमिटेड २०६५ सालमा स्थापना भएको थियो । यस संस्थामा हाल ६ संय भन्दा बढी सदस्य रहेका छन् भने संस्थाको ११ करोडको कारोवार रहेको छ ।

 

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर