लुम्बिनीका मुख्यमन्त्री संग स्वीट्जरल्यान्डका राजदुतकाे भेट, प्राविधिक सहयाेगलाइ निरन्तरता दिन मुख्यमन्त्रीकाे आग्रह
दाङ- लुम्बिनी प्रदेशका मुख्यमन्त्री संग स्वीट्जरल्याण्डका राजदूत डानियल मेउल्ली मोन्टेलोने भेटवार्ता गरेकि छिन । मुख्यमन्त्री तथा मन्त्रिपरिषदकाे कार्यालय राप्ती उपत्यका देउखुरीमा शुक्रबार भएको भेटवार्तामा लुम्बिनी प्रदेशकाे विकास र समृद्धिमा स्विस सरकारले हाल गर्दै आएको सहयाेगकाे बारेमा चर्चा गरिएको छ । मुख्यमन्त्री आचार्यले प्रदेश तह आत्मनिर्भर हुने चरणमा रहेकाले याे अवधिमा दातृ निकायहरुकाे साथ सहयाेग आवश्यक पर्ने भन्दै पूर्वाधार देखि सामाजिक क्षेत्रकाे विकासमा सहयाेग आवश्यक परेकाे बताए।´प्रदेश स्थापना भएर कार्यान्वयनमा आएकाे भर्खरै ७ बर्ष भएको छ । प्रदेश आत्मनिर्भरताकाे बाटाेमा छ । सबै प्रकारकाे साथ सहयाेग जरुरीछ´उनले भने-`स्वीस सरकारले गर्दै आएकाे सहयाेगलाइ प्रदेश तहमा निरन्तरता दिन अझै जरुरी छ । झाेलुंगे पुल निर्माण, पक्की पुल निर्माण हाेस । प्राविधिक सहयाेगलाई अझै निरन्तरता दिन आवश्यक छ ।´
लुम्बिनी प्रदेश भित्र मानसिक स्वास्थ्य समस्या र बढ्दाे आत्महत्या दर, मातृ शिशु मृत्युदर, बाल मृत्युदर, कुपोषणकाे समस्या उच्च रहेकाले ती समस्या समाधान गर्न पनि साझेदारी गर्न प्रदेश सरकार तयार भएको जानकारी गराउनु भयाे । यसका साथै लुम्बिनी प्रदेश सरकारले प्रादेशिक मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीतिक कार्ययोजना निर्माण गरेकाे र अब त्यसलाई प्रभावकारी कार्यान्वयनमा लगिने मुख्यमन्त्री आचार्यले जानकारी गराए । हाल स्वीस सरकारकाे सहयाेगमा बर्दिया जिल्लामा मात्रै मानसिक स्वास्थ तथा मनाेसामाजिक सेवा कार्यक्रम लागू भएको छ । याे कार्यक्रमलाई प्रदेशका सबै जिल्लामा विस्तार गर्न आग्रह गर्नु भयाे । मुख्यमन्त्री आचार्यले राखेकाे प्रस्ताव प्रति राजदुतले सकारात्मक प्रतिक्रिया दिएकाे भेटमा सहभागी मुख्यमन्त्रीका जनसम्पर्क सल्लाहकार रामबहादुर राउतले जानकारी दिए । प्रदेश सरकारले मानसिक स्वास्थ्य तथा मनाेसामाजिक सेवा रणनीतिक याेजना निर्माण गरेकाेमा राजदुत डानियल मेउल्ली मोन्टेलोने सरकार प्रति बधाई ज्ञापन गरेकि छिन । भेटमा राजदुत संगै वरिष्ठ राजनैतिक सल्लाहकार प्रतिज्ञा सिम्खडा बासकाेटा, सीएमसी नेपालका प्राविधिक निर्देशक डा.पशुपति महत, प्रादेशिक संयाेजक हिमाल गैरे सहितकाे टाेली सहभागी थियाे ।
स्वास्थ्य मन्त्रालयले नेतृत्व गर्ने निर्देशक समिति बैठकमा सहभागी भई टाेली राजापुर नगरपालिकामा जनप्रतिनिधि, द्वन्द्व प्रभावित व्यक्ति र जिल्ला अस्पतालमा रहेकाे ओसिएमसि भेट गर्ने कार्यक्रम रहेकाे टाेलीका सदस्य हिमाल गैरेले जानकारी दिए ।