spot_img

२०५६ यता कक्षा ११ र १२ छाडेका १४ लाख विद्यार्थीलाई एकैपटक मौका परीक्षा दिन पाईने

२०५६ यता कक्षा ११ र १२ छाडेका १४ लाख विद्यार्थीलाई एकैपटक मौका परीक्षा काठमाडौँ —कक्षा ११ र १२ मा २५ वर्षअघि र त्रिभुवन विश्वविद्यालयको स्नातक तहमा २३ वर्षअघि भर्ना भएर फेल भएका विद्यार्थी मौका परीक्षामा सहभागी हुन पाउने भएका छन् । कक्षा ११ र १२ मा फेल भएका २०५६ सालदेखि र स्नातक तहमा फेल भएका २०५८ सालदेखिका विद्यार्थीले मौका परीक्षा दिन पाउने भएका हुन् ।राष्ट्रिय परीक्षा बोर्डले सूचना जारी गर्दै पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षार्थीलाई कक्षा ११ र १२ को परीक्षा आवेदन फाराम भर्न सूचित गरेको छ । आगामी मंसिर २७ सम्म आवेदन फाराम बुझाउन सकिने बोर्डले जनाएको छ । परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले २०५६ देखि २०७७ सम्म रजिस्ट्रेसन गरेका विद्यार्थीले परीक्षा आवेदन फाराम भर्न पाउने बताए ।

जति विषयमा फेल भएका विद्यार्थी पनि मौका परीक्षामा सहभागी हुन पाउने उनले जनाए । बोर्डका अनुसार कक्षा ११ र १२ मा फेल भएर पढाइ छाडेका विद्यार्थीको संख्या १४ लाख छ । जुन अहिलेको विद्यार्थी संख्या हेर्दा कक्षा १२ को तीन ब्याचभन्दा पनि बढी हुन्छ । आवेदन फाराम भर्ने विद्यार्थी संख्याका आधारमा परीक्षा तालिका सार्वजनिक गरिने शर्माले बताए ।अङ्कन प्रणालीमा कुनै विषयमा अनुत्तीर्ण, अनुपस्थित वा अक्षराङ्कन (ग्रेडिङ) पद्धतिमा तोकिएको ग्रेड प्राप्त गर्न नसकेका विद्यार्थीले अन्तिम एक पटकका लागि परीक्षामा सहभागी हुन पाउने अवसर दिन लागिएको बोर्डले जनाएको छ । सम्बन्धित विद्यालय/क्याम्पसले आफ्ना विद्यार्थीहरूको परीक्षा आवेदन फाराम संकलन गरी बोर्डमा बुझाउन आग्रह गरिएको छ । प्रयोगात्मक विषय मात्र बाँकी रहेका विद्यार्थीले पनि सबै मौकामा आवेदन दिन सक्नेछन् ।

बोर्डले अतिरिक्त विषयमा परीक्षा दिन चाहने परीक्षार्थीले कक्षा ११ र १२ मा बढीमा सय/सय गरी कुल दुई सय पूर्णाङ्कको परीक्षा दिन पाउने व्यवस्था गरेको छ । एक संकायको विद्यार्थीले अर्को संकायका विषयमा समेत परीक्षा दिन पाउने बोर्डले जनाएको छ । पुराना विद्यार्थीको परीक्षा पुरानो पाठ्यक्रमअनुसार नै सञ्चालन हुने र पूर्णाङ्कसमेत साविक बमोजिम नै हुने बोर्डले जनाएको छ ।त्यस्तै यसअघि त्रिभुवन विश्वविद्यालयले वार्षिक प्रणालीतर्फ २०५८ र सेमेस्टरतर्फ २०६९ को सीमा कटेका विद्यार्थीलाई मौका परीक्षाको अवसर दिने निर्णय गरेको थियो । शिक्षाध्यक्ष खड्ग केसीको अध्यक्षतामा असोज पहिलो साता बसेको बैठकले उक्त निर्णय गरेको हो ।

बैठकले त्रिविअन्तर्गतका मानविकी तथा सामाजिकशास्त्र, शिक्षा, व्यवस्थापन, कानुन संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थानअन्तर्गतका विद्यार्थीहरूको हकमा वार्षिक प्रणालीअन्तर्गत २०५८ देखि र सेमेस्टर प्रणालीअन्तर्गत २०६९ देखिका समयसीमा कटेका परीक्षार्थीहरूलाई एक पटकका लागि मौका परीक्षाको अवसर दिने निर्णय गरेको हो । परीक्षासम्बन्धी तयारी परीक्षा नियन्त्रण कार्यालय र सम्बन्धित डिन कार्यालयले गरेको रजिस्ट्रारको कार्यालयले जनाएको छ । त्यस्तै त्रिवि परीक्षा सुधार समितिले जुनसुकै तहको परीक्षामा (एआई) प्रयोग गरिएको भेटिएमा परीक्षा रद्द हुने निर्णयसमेत गरेको छ ।गत चैतमा त्रिविले आगामी शैक्षिक सत्रदेखि स्नातक तहको परीक्षामा नेपाली भाषामा पनि प्रश्नपत्र‍ तयार गर्ने निर्णय गरेको थियो । त्रिविका प्रश्नहरू अंग्रेजी भाषामा मात्रै सोधिँदै आएकामा यो वर्षदेखि नेपालीमा पनि सोधिने भएको हो । हाललाई शिक्षाशास्त्र, मानविकी तथा सामाजिक शास्त्र, व्यवस्थापन र कानुन संकायतर्फ स्नातक तहको परीक्षामा नेपाली र अंग्रेजी दुवै भाषामा प्रश्नपत्र तयार गरिने भएको हो ।

उक्त व्यवस्थाअनुसार यस वर्ष प्रथम वर्षको परीक्षादेखि अनिवार्य रूपमा लागू गरी क्रमशः दोस्रो, तेस्रो र चौथो वर्षमा समेत लागू हुनेछ । परीक्षामा प्रश्नपत्र अंग्रेजी भाषामा मात्रै सोधिँदा समस्या उत्पन्न भएको र त्यही कारण धेरै विद्यार्थी अनुत्तीर्ण हुने गरेको भन्दै संसद्मा पनि प्रश्न उठेको थियो ।समाचार कान्तिपुर बाट सावार गरिएको हो।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर