spot_img

गैडहवाको सूर्यपुरामा भव्यताका साथ मनाइयो छठ पर्व

गैडहवाको सूर्यपुरामा भव्यताका साथ मनाइयो छठ पर्व
प्रदिप ज्ञवाली
कार्तिक २३ शुक्रबार
सैनामैना ।
छठ पर्वको मुख्य दिन हिजो साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको छ भने आज बिहान उदाउँदो सुर्यलाई पुजा गरि छठ पर्व पुजा सप्पन्न गरिदैछ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठपर्व सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व मङ्गलबारदेखि सुरु भएको हो ।
यसैबीच रुपन्देही जिल्लाको गैडहवा गाउपापिकामा पनि भव्य रुपमा छठ पर्व मनाइएको छ । सूर्यपुरा स्थित कञ्चन र दानव नदिको सङ्गमस्थल सन्तेश्वर घाट पुगेर हजाराैले छठी माताको पूजा आराधना गर्नुभएको छ । सोही अवसरमा गाउपालिका अध्यक्ष सुरेन्द्र पाैडेलले पनि घाटमै पुगेर सम्पूर्णलाई शुभकामना दिनुभएको थियो । गाउँपालिकाको सबै वडाको विभिन्न घाट तथा पोखरीमा पनि भव्यताका साथ छठ पर्व मनाइएको उहाँ बताउनुहुन्छ ।
विभिन्न नदी तथा तलाउको किनारमा पुगेर छठको व्रत लिनेहरुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका हुन् । अहिले पनि नदी तथा तलाउका किनारमा व्रतालुहरु बसिरहेका छन् । उनीहरु रातभर जाग्राम बस्छन् । आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ समापन हुन्छ ।
ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफलहोस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । कार्यक्रममा पालिका उपाध्यक्ष माधुरी जैसवाल पुर्व पालिका अध्यक्ष बच्चुलाल केवट वडा अध्यक्ष राजकुमार लोध लगाएत ले शुभकामना दिनु भएको थियोे त्यस समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोक कथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।
सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुआत भएको हो । संसारका सम्पूर्ण भौतिक विकास सूर्यमाथि नै आधारित छन् ।
छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ ।
यो पर्वको मुख्य दिन कात्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ्य दिने विधि विधान छ । षष्ठीका दिन रातभर जागा बसी कात्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजाआराधना गरी विधिपूर्वक अर्घ्य दिएपछि छठ पर्व समापन हुन्छ कार्यक्रममा स्थानीय सञ्चारक्रमी सुरक्षा क्रमी छिमेकी पालिकाका भक्तजन को उपस्तिथि रहेको थियोे ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर