spot_img

सुरु भयो गैडहवा सुर्यपुरा छठको रौनक, घाट झिलिमिली बनाइँदै

मन्जु पाण्डे कन्चन गाउँपालिका -सुरु भयो गैडहवा सुर्यपुरा छठको रौनक, घाट झिलिमिली बनाइँदै,रुपन्देहीको गैडहवा वडा न १ देखि ९ सम्म छठ पर्व विशेष रुपमा मनाउने चलन छ ।
नियम, निष्ठा र विधिपूर्वक मनाइने साझा संस्कृतिका रुपमा रहेको छठमा आवश्यक पर्ने सामग्रीको जोहो र किनमेल गर्न श्रद्धालु भक्तजन सुर्यपुरा बजार लगाएत अन्य ठाउँमा व्यस्त देखिएका छन् ।।

तिहार सकिएसँगै तराई÷मधेसमा छठपर्वको तयारी शुरु भएको छ । सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याणका लागि मनाइने छठ पर्वलाई अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने पर्वको रुपमा लिइन्छ । लक्ष्मीपूजाको चार दिनपछि अर्थात कात्तिक शुक्लपक्षको चौथी तिथिका दिनबाट छठपर्व विधिवत रूपमा आरम्भ हुन्छ ।नियम, निष्ठा र विधिपूर्वक मनाइने साझा संस्कृतिका रुपमा रहेको छठमा आवश्यक पर्ने सामग्रीको जोहो र किनमेल गर्न सर्वसाधारण व्यस्त देखिएका छन्

गैडहवा गाउँपालिका अध्यक्ष सुरेन्द्र पौडेलले छठ पर्व को शुभकामना दिदै छठ पर्व गैडहवा गाउँबासिको साझा पर्व रहेको बताउनु भयो । बाँसका डाला, नाङ्लो, ढकिया, कनसुप्ती, माटोका सामग्रीलगायत छठ पर्वमा आवश्यक नरिवल र सख्खर किनमेल गरेर यो पर्व धुमधाम का सहित मनाउने चलन रहेको अध्यक्ष पौडेलले बताउनु भयो। उहाँ ले पालिका भित्र छठ पुजाको लागि पालिकाले स्थानीय संग समन्वय गरेर ब्यबस्थापन गरेको बताउनु भयो।

यस्तै पालिका उपाध्यक्ष माधुरी जैसवाल प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतम वडा अध्यक्ष हरुले छठ पर्व को शुभकामना दिनु भएको थियोे यतिबेला श्रद्धालु भक्तजन व्यस्त छन् सुर्यपुरा बजारमा रहेक दानव नदि नजिकै सन्तेश्वर घाट लगायत तराईका पोखरी, इनार, तालतलैयालगायत जलाशयलाई सजाउने कार्यसमेत तीव्र रुपमा भइरहेको छ ।

यही समयमा तराई मधेसका डोम समुदायलाई भने छठका लागि चाहिने बासका सामग्री बनाउन भ्याइ नभ्याइ छ । छठका समयमा राम्रो आम्दानी हुने भएकाले डोम समुदाय यतिबेला उत्साहित देखिन्छन् । यस्तै घाटमा लाखौँ रकम खर्चेर सरसफाइ, सजावट र व्यवस्थापनका काम पनि धमाधम भइरहँदा घाट व्यवस्थापकहरुको व्यस्तता बढेको छ ।

चार दिनसम्म मनाइने छठ पर्वको पहिलो दिन व्रतालुहरु नुहाएर अरबा अरबाईन भोजन गर्ने गर्दछन् भने दोश्रो दिन साँझ प्रसादको रुपमा चामल, सक्खर र दुध मिलाएर बनाएको खिर ग्रहण गरी खरना गर्दछन् । त्यस्तै तेस्रो दिन अस्ताउँदो सूर्यलाई अघ्र्य दिन तयार पारेको पूजा सामग्री घाटमा लगेर पूजा गर्ने गरिन्छ भने चौथो दिन बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि छठपर्वको विधिवत समापन हुन्छ । यस वर्षको छठको मुख्य दिन २२ गते बिहीबार परेको छ ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर