spot_img

घाईतेहरुको उपचारमा कुनै कमी हुने छैनः मुख्यमन्त्री

खिल्जी दुर्घटना दिनेश घिमिरे
घाईतेहरुको उपचारमा कुनै कमी हुने छैनः मुख्यमन्त्री
बुटवल–लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अर्घाखाँची भुमिकास्थान नगरपालिका वडा नं ६ खिल्जीमा सोमवार दिउसो भएको दुर्घटनामा परी घाईते भएकाहरुको उपचारमा कुनै कमी हुन नदिने बताउनु भएको छ । प्युठान बाट आएको बसले तिहारको भैलोमा रमाएका भैलेहरु र दर्शकलाई ठक्कर दिएको घटनाले दुखी र स्तब्ध बनाएको बताउनु भएको छ । घटनामा घाइते भएकाहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारमा कुनै कमी हुन नदिने बताउनु भएको हो । दुर्घटनामा मृत्यु भएकाहरु प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नु भएको छ । दुर्घटना बारे सत्य तथ्य पत्ता लगाउन समेत प्रहरी प्रशासनलाई निर्देशन दिनुभएको छ । दुर्घटनामा परेर दुई जनाको मृत्यु हुनुका साथै ३३ जना घाईते भएका छन् ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर