spot_img

तिहार पर्वमा मुख्यमन्त्री आचार्यको सन्देशःसामूहिक हितका लागि गरिने कामलाई प्रोत्साहन गरौं

तिहार पर्वमा मुख्यमन्त्री आचार्यको सन्देशःसामूहिक हितका लागि गरिने कामलाई प्रोत्साहन गरौं
दाङ–लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले तिहार पर्वले आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि गर्दै सामाजिक, सांस्कृतिक एकतालाई थप सुदृढ बनाउन मद्दत पु¥याउने विश्वास लिएको बताउनु भएको छ । तिहार पर्व २०८१ को अवसरमा आईतबार शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले तिहार मनाउने मौलिक सांस्कृतिक परम्पराले प्रकृति, मानव जीवन र प्राणी जगत्को अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्नुका साथै दिदीबहिनी तथा दाजुभाइ बीचको आपसी स्नेहलाई गाढा बनाउने बताउनु भएको हो ।
तिहारको अवसरमा देउसी–भैलो खेल्ने विशुद्ध नेपाली संस्कृतिले बृहत् सामाजिक एकतालाई प्रगाढ बनाउन मद्दत पु¥याउने बताउदै उहाँले चाडपर्वमा देखापर्ने विकृति, विसङ्गतिको अन्त्य गर्दै सामूहिक हितका लागि गरिने कामहरुलाई प्रोत्साहन गर्न जरुरीकोमा जोड दिनुभयो ।‘तिहारलाई उज्यालो पर्वको रुपमा पनि लिने गरिन्छ । सत्य र न्यायको पक्षमा उभिन समेत प्रेरित गर्ने गरेको छ । तिहारले मानव, प्रकृति र पशुपक्षीबीचको सन्तुलनलाई सम्मान गर्छ । यस प्रकारका प्रयासले प्रदेशमा सामाजिक एकता, पर्यावरण संरक्षण र दिगो विकासको पक्षलाई बलियो बनाउन मद्दत गर्दछ’शुभकामना सन्देशमा भनिएको छ,‘कृषि, पशुपालन, आर्थिक उपार्जन, उद्यम विकास लगायतसँग यसप्रकारका पर्वहरुको सम्बन्ध गाँसिएका हुन्छन् ।’
यस्तै मुख्यमन्त्री आचार्यले ‘समृद्ध लुम्बिनी, आत्मनिर्भर प्रदेश’को प्रमुख आकाङ्क्षा पूरा गर्न प्रदेश सरकारले कृषि र पशुपालनको क्षेत्रलाई प्राथमिकतामा राखेर कार्यक्रम बनाएको बताउनु भएको छ ।‘हाम्रा परम्पराहरु समाज विकाससँग जोडिएका छन् । चाडपर्वका मूल्य मान्यताहरु अनुशासनसँग जोडिएका छन् । तसर्थ प्रदेश सरकारले समाज रुपान्तरण, समाज परिवर्तनका क्षेत्रमा नवीनतम अभ्यासहरुलाई प्रोत्साहन गर्दै आएको छ’सन्देशमा भनिएको छ‘चाडपर्वमा देखापर्ने विकृति, विसङ्गतिको अन्त्य गर्दै सामूहिक हितका लागि गरिने कामहरुलाई प्रोत्साहन गर्न जरुरी छ ।’
कार्तिक कृष्ण पक्ष त्रयोदशीका दिनदेखि कार्तिक शुक्ल पक्षको द्वितीया तिथिसम्म पाँच दिन मनाइने तिहार पर्व नेपालीहरूको मौलिक चाडको रूपमा रहेको छ । यमपञ्चक समेत भनिने तिहार पर्वमा काग, कुकुर, गाई, गोरूलगायत पशुपक्षीका साथै धन र ऐश्वर्यकी देवी लक्ष्मीको पूजा र दिदीबहिनीद्वारा भाइको पूजा गरिनुका साथै देउसी–भैलो खेल्दै नाचगान र मनोरञ्जन गर्ने परम्परा रहेको छ ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर