spot_img

लुम्बिनी केबलकार र यति एयर बीच व्यवशायिक सहकार्य

लुम्बिनी केबलकार र यति एयर बीच व्यवशायिक सहकार्य

बुटवल कार्तिक – ११
पर्यटन, प्रबर्धन र विकाशमा उल्लेख्य भूमिका खेलिरहेका नेपालका ठूला व्यवशायिक संस्था लुम्बिनी केबलकार लिमिटेड र यति एयर लाईन बीच व्यवशायिक सहकार्य सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार यति एयरबाट यात्रा गर्ने यात्रुहरुलाई लुम्बिनी केबलकारको टिकटमा २० प्रतिशत छुट प्राप्त हुनेछ भने लुम्बिनी केबलकारका कार्यरत कर्मचारीहरुलाई यति एयर को नेपाल भरको यात्रामा १५ प्रतिशत छुट हुने गरि सम्झौता भएको हो ।
सम्झौतामा लुम्बिनी केबलकारको तर्फबाट अपरेशन म्यानेजर दिल्ली नारायण कायस्थ र यति एयरका तर्फबाट चिफ विजनेश अफिशर युवराज विष्टले हस्ताक्षर गर्नुभएको लुम्बिनी केबलकारका म्यानेजर प्रज्वल घिमिरेले बताउनु भयो ।
लुम्बिनी केबलकार लुम्बिनी प्रदेशको पहिलो केबलकार हो । युरोपेली प्रविधि अन्र्तगत विश्वविख्यात अष्ट्रियाको डोपलमायर कम्पनीले निर्माण गरेको हो । रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं.–३ सिद्धार्थ राजमार्ग अन्तरगत गोलपार्क केबलकार चोकमा बटम स्टेशन रहेको छ भने पाल्पा जिल्ला तिनाउ गाउँपालिका वडा नं.–३ मा टप स्टेशन रहेको छ । केबलकारको टप स्टेशनमा नेपालको एक मात्र शक्तिपीठ माँ कामाख्याको मन्दिर रहेको छ । केबलकारको यात्राबाट एकै साथ तराई, पहाड र हिमालको अनुभूति गर्न सकिन्छ । यति एयरलाईन नेपालको आन्तरिक उडान गर्ने प्रमुख एयरलाईन मध्ये एक हो । यति एयर लाइनको नेपालभर दैनिक ८० वटा भन्दा बढी उडान रहेको यति एयर लाईनका भैरहवा शाखा प्रमुख अनुप ढकालले बताउनु भयो ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर