इजरायलले ग–यो इरानमाथि हवाई हमला
अक्टुवर १ मा इरानले गरेको मिसाइल आक्रमणको जवाफमा इजरायलले शनिबार बिहान इरानको सैन्य क्षेत्रहरुमा हवाई आक्रमण गरेको छ । इजरायली रक्षा बलले इरानका सैन्य इलाकाहरुमा आक्रमण गरेको विभिन्न अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । आक्रमण इजरायलका बिरुद्धमा इरान र उसका साझेदारहरूले बारम्बार गर्ने गरेका हमलाको जवाफ भएको इजरायलको दाबी छ । इरानले लेबनानस्थित इरान समर्थित समूह हेजबुल्लाह लक्षित आक्रमण गरेसँगै इरानले अक्टुबर १ मा इजरायलमाथि १ सय ८० वटा बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको थियो ।
आईडीएफ प्रवक्ता डानियल हगारीले तत्कालका लागि आफ्नो जवाफी कारबाही पूरा भएको र आक्रमणमा प्रयोग भएका विमानहरू सुरक्षित रूपमा फर्किई सकेको बताएका छन् ।
प्रारम्भिक रुपमा इरानी सेनाले आईडीएफले राजधानी तेहरानका साथै इलम र खुजेस्तानस्थित सैन्य शिविरमा गरेको आक्रमणमा दुई सैनिक मारिएको र सीमित क्षति पुगेको जनाएको छ , आक्रमणका बेला तीनै सहरमा विस्फोटनका आवाज सुनिएको थियो । अहिले इजरायलले इरानस्थित परमाणु वा तेल प्रशोधन केन्द्रहरूलाई भने निशाना बनाएको देखिदैन।
यसै क्रममा इजरायलले सिरियाको राजधानी दमास्कससहित मध्य र दक्षिणी क्षेत्रका सैन्य स्थलमा पनि आक्रमण गरेको छ । इराकी राजधानी बग्दाद नजिकै पनि विस्फोटन भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । । इजरायलले इरानबाहेक अन्य देशमा गरिएको आक्रमणबारे कुनै विवरण सार्वजनिक गरेको छैन ।
साउदी अरब, मलेसिया लगायतका देशले आक्रमणको निन्दा गरेका छन् । इजरायली आक्रमणले इरानको सार्वभौमसत्ता र अन्तर्राष्ट्रिय कानुनको उलङ्गन जनाएका छन् ।