spot_img

कुँवरद्धारा बुटवलको नयाँगाउँमा अवस्थित प्राचिन नवदुर्गा मन्दिरमा पूजा

कुँवरद्धारा बुटवलको नयाँगाउँमा अवस्थित प्राचिन नवदुर्गा मन्दिरमा पूजा
नेपाल प्रहरीका महानिरिक्षक बशन्त बहादुर कुँवर को धर्मपत्नी लक्ष्मी कुँवरले आज बुटवलको प्राचिनतम् मन्दिर मध्येको एक बुटवल उपमहानगरपालिका वडा नं.–१२ नयाँगाउँ रुपन्देहीमा अवस्थित नवदुर्गा मन्दिरको अवलोकन भ्रमण तथा पूजा गर्नुभएको छ ।
नवदुर्गा मन्दिरका अध्यक्ष तुल्सीराम भण्डारीले लक्ष्मी कुवँरलाई मन्दिरमा स्वागत गर्नुभएको थियो । उक्त अवसरमा नवदुर्गा मन्दिरका पदाधिकारी,समाजका अगुवा एवं नयाँगाउँ टोल विकाश संस्थाका अध्यक्ष कमल प्रसाद अधिकारी, नव दुर्गा मन्दिर भजन मण्डलका अध्यक्ष विजय पौडेल, कृष्ण प्रसाद पौडेल लगायत लगायतको ठुलो संख्यामा सर्वसाधारणहरुको उपस्थिति रहेको थियो ।
बुटवल–१२ नयाँगाउँमा अवस्थित नवदुर्गा मन्दिरलाई बुटवल क्षेत्रको पुरानो मन्दिर मानिन्छ । यहाँ दैनिक रुपमा पूजा हुने गर्दछ । दैनिक रुपमा हुने पूजा अतिरिक्त भक्तजनहरुले पूजा गर्न चाहेको बखत अन्य पूजा, वर्तवन्ध, बिवाह लगायतका शुभकार्य मन्दिरमा गर्न सकिने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तुल्सिराम भण्डारीले बताउनु भयो । पछिल्लो समय स्थानीय धर्मप्रेमी, समाजसेवीहरुको सक्रिय सहभागितामा २०७५ सालमा नवदुर्गा मन्दिर परिसरमा महायज्ञको आयोजना गरी मन्दिरको पुनःनिर्माण गरिएको थियो ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर