spot_img

कलाकार राम प्रसाद पौडेलले गरे आयोजक माथी हमला पौडेल बिरुद्ध आयोजकले दियो प्रहरीमा उजुरी

कलाकार राम प्रसाद पौडेलले गरे आयोजक माथी हमला
पौडेल बिरुद्ध आयोजकले दियो प्रहरीमा उजुरी
सैनामैना वार्ड नं २ मा रहेको बाबरी पार्टी प्यालेसमा आयोजित दोहोरी साझ कार्यक्रममा कलाकार राम प्रसाद पौडेलले एक्कासी स्टेजबाट नै फु∙लेर आयोजक माथी हातपात गरेका छन । कार्यक्रममा नै सार्वजनिक रुपमा हातपात भएपछि आफुहरुको अपमानसंगै कार्यक्रम बिथोलिएर घाटा सहनु परेको आयोजकले बताए । कार्यक्रम चलिरहेको अवस्थामा गायक पौडेलले स्टेज नछोडे पछि आयोजकले बारम्बार उहालाई समय अभाव र अन्य कलाकारलाई पनि समय दिनुपर्ने भएकोले प्रस्तुती छोट्याउन अनुरोध गर्दा सम्म स्टेज नछोडे पछि आयोजकले माईक म्यूट गर्न बाध्य भएको बताएका छन । माईक अफ भएसंगै उनी फिल्मी शैलीमा स्टेजबाट फु∙लेर आयोजकलाई आक्रमक रुपमा धकेरा पल्टाई दिईको दृश्य सि सि टि भी क्यामरामा कैद भएको दृश्यमा देख्न सकिन्छ ।
बहिरा धेरै दशर्कले कलाकार रेनुका भट्टराई र राजकुमार रायमाझीको प्रस्तुती सुरु भएपछि टिकट काटेर छिर्ने आयोजकलाई बताए पछि पौडेललाई प्रस्तुती छोटयाउन अनुरोध गर्न बाध्य भएको कार्यक्रम संयोजक टिका खरेलले बताए । माहौले रेनुका र राजकुमारको रमाईलो दोहोरी गित खोजी रहेको अवस्थामा पौडेलले झिझो लाग्दो र बेदनामुलक गित गाएको गाए गरेपछि उनको माईक म्यूट गर्न साउण्ड स्टिमलाई आग्रह गरिएको संयोक खरेलको भनाई छ । यता टिकट काटेर दर्शक नछिरे कार्यक्रममा घाटामा जाने पिर आयोजकलाई थियो र दशर्कले कलाकार रेनुका भट्टराई र राजकुमार रायमाझीको प्रस्तुती सुरु भएपछि टिकट काटेर छिर्ने आयोजकलाई बताई रहेको र समय पनि कम रहेकोले उनलाई स्टेज छोड्न आग्रह गरिएको हो ।
माहोल अनुसार प्रस्तुती नभए पछि आफु कार्यक्रम नै नहेरी फर्किएको उपस्थित दर्शकहरुले बताएका छन ।
कलाकारले आयोजकलाई यस प्रकारको ब्यवहार गर्दा सारा कलाक्षेत्र बदनाम हुने भएकोले दोषी उपर कानुनी कारवाही हुनु पर्ने सहभागी कलाकारहरुले बताएका छन ।
राम प्रसाद पौडेल बिरुद्ध उजुरी आएको ईलाका प्रहरी कार्यालय रन्यौराका कार्यालय प्रमुखले बताउनु भयो । पौडेलले पनि पारिश्रमिक नपाएको उजुरी दिएको समेत उहाले जानकारी गराउनु भयो ।
समग्र कलाक्षेत्रको बिकास र कलाकारलाई नै प्रहोत्सान हुने कार्यक्रम आयोजना गर्दा कलाकारले नै आयोजक माथी गरिएको प्रहारले आफुहरुलाई अपमानसंगै घाटा सहनु परेकोले प्रशासन समक्ष सत्य तथ्य छानबिन गरी पिडितलाई राहत र पिडकलाई कानुन बमोजिमको सजाय माग गरी निबेदन दिईएको आयोजकले बताएका छन ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर