spot_img

नेता, कार्यक्रताहरूको सेल्टर दाता नापितको अवसानले पार्टीलाई अपूरणिय क्षती भयो पुर्व मुख्य मन्त्री गिरी

नेता, कार्यक्रताहरूको सेल्टर दाता नापितको अवसानले पार्टीलाई अपूरणिय क्षती भयो – गिरी

नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री लिला गिरीले पार्टीका नेता कार्यक्रतालाई सेल्टरदाता इश्वरादेबी नापितको अबसानले नेकपा एमालेलाई अपूरणिय क्षती भएको बताएका छन् ।

नेकपा एमाले सिद्धार्थनगर नगर वडा नं ८ ले भैरहवाको बैंककलोनीमा आयोजना गरेको इश्वरादेबी नापितको (८ औं पुण्य तिथि) श्रद्धाञ्जली सभामा बोल्दै गिरीले पार्टीको भुमिगत समयमा पार्टीका नेता कार्यक्रतालाई सेल्टर दाता, पार्टीका नेता कार्यक्रताको मूल्यांकन गर्ने, इमान्दारीताको बारेमा प्रष्ट भन्ने, सटिक बिश्लेषण गर्ने एक कर्मठ योग्य इमान्दार नेताको अबसानले पार्टीलाई ठूलो क्षती पुगेको बताए ।

नापित बाम तथा लोकतान्त्रिक आन्दोलनमा सकृय, तत्कालिन नेकपा मालेका नेता तथा कार्यक्रताको सेल्टर दाता, नेकपा एमाले नगरकमीटि, क्षेत्रिय कमिटी हुँदै जिल्ला सल्लाहकार एबं अनेमसंघ नगर कमिटी अध्यक्ष, २०५४ सालमा जनप्रतिनिधिको रुपमा नेतृत्व गरेकि थिइन ।

उनको ७४ बर्षको उमेरमा असोज ९ गते सिद्धार्थनगर ८ स्थित बैंककोलोनी आफ्नै निवासमा देहावसान भएको थियो । उनका दुई छोराहरु र दुई बुहारीहरु रहेका छन् ।

श्रद्धाञ्जली सभामा नेकपा एमालेका पोलिटब्यूरो सदस्य दधिराम न्यौपाने, रास्ट्रिय सभा सदस्य गोपाल भट्टराई, नेकपा एमालेका रूपन्देही जिल्ला अध्यक्ष यज्ञ गैरे, जिल्ला उपाध्यक्ष हितराज पन्थी, नगर अध्यक्ष चक्र बहादुर थापा, नेकपा एमालेका नेताहरु राजेन्द्र प्रसाद पन्थी, बिश्वराज बराल अनुप, जिल्ला सदस्यहरु सीता काफ्ले, डिजाइन थापा, कृष्ण मल्ल ठकुरी, श्यामलाल बराइली, सिद्धार्थनगर नगरकमीटि उप सचिब माया कंडेल, सिद्धार्थनगर वडा नं ८ का अध्यक्ष थानेश्वर पान्डे प्रकाश लगायतको उपस्थिति रहेको थियो ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर