spot_img

गण्डक बाधका सबै ढोका खोलिए,गैंडाकोट सुकुम्बासी र बोटे टोल डुबानमा

गण्डक बाधका सबै ढोका खोलिए,गैंडाकोट सुकुम्बासी र बोटे टोल डुबानमा
कल्पना कुँवर
नवलपुर,असाेज १२ गते ।

अबिरल वर्षाका कारण नारायणी नदीमा पानीको सतह निरन्तर बढ्दै गएपछि पूर्वी नवलपरासीको गण्डक ब्यारेजका सबै ढोका खोलिएको छ । 

३ लाख क्यूसेक पानीलाई खतराको तह मानिन्छ ।  गण्डक बाधमा पानीको बहाव उच्च भएपछि नेपाल र भारत तर्फको सबै ढोका खोलिएको छ । गण्डक ब्यारेजमा २ लाख ५० हजार क्युसेक पानीको बहाव भएपछि व्यारेजका सबै ३६ वटा ढोका खोलिएको पूर्वी नवलपरासी जिल्लाका प्रमुख अधिकारी अरुण पाेख्रेलले बताए ।  

जलसतह मापन अनुसार गण्डकमा बिहान १० बजे जलसतह ३ लाख ६५ हजार क्युसेक पुगेको प्रमुख जिल्ला अधिकारी पाेख्रेलले जानकारी दिए । त्यस्तै गैँडाकोट नगरपालिका–२ को सुकुम्बासी र बोटे टोल डुबानमा परेको छ । अविरल वर्षासँगै नारायणी नदिको जल सतह बढ्दा गैँडाकोट –२, स्थित सुकुम्बासी बस्तीमा बाढी पसेको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ । 

सुकुम्बासी वस्तीमा बाढी पसेसँगै सो क्षेत्रका करिब ६० घरपरिवार बिस्थापित भएका छन् । बिस्थापित भएका घरपरिवारलाई नजिकै रहेको महेन्द्र स्मारक विद्यालयमा राखिएको प्रहरीले जनाएको छ ।  नारायणीको बाढीको सतह बढेसँगै गैँडाकोट ९ र १० मा समेत डुबान भएको छ । अहिले उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ । 

त्यस्तै जिल्लाको दलदले डेढगाउँ भित्री सडकखण्ड अन्र्तगत बुलिङटार गाउँपालिका ५ पांग्रेमा पहिरो जादा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले जनाएको छ ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर