लुम्बिनीमा विश्व शान्ती दिवस मनाईयो ।
दिनेश प्रसाद लोध, लुम्बिनी
संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९८१ मा हरेक वर्ष सेप्टेम्बर २१ को दिनलाई विश्व शान्ति दिवसका रूपमा मनाउने निर्णय गरे पछि हरेक वर्ष संयुक्त राष्ट्रसङ्घका सदस्य राष्ट्रले यो दिवस मनाउँदै आएका छन् ।
लुम्बिनीमा Inner wheel district 350 को आयोजनमा विश्व शान्ती दिवस मनायो ।
कार्यक्रममा बोल्दै समिरा धोजुले विश्व शान्ति दिवसको अवसरमा शान्ति र सद्भाव व्यक्तिगत स्तरमा मात्र नभई अन्तर व्यक्तिगत र विश्वका सबै मानिसहरुमा शान्ति र सद्भाव कायम रहोस् । शान्ती दिवसले संसारभरि धेरै युद्ध र द्वन्द्वहरू भईरहेको हुन्छ जुन मानवको लागि हानिकारक छ। विश्व शान्ति दिवसले यो महत्त्वपूर्ण सन्देशलाई प्रोत्साहन दिन्छ कि शान्ति हामी सबैका लागि महत्त्वपूर्ण छ र विश्व शान्तितर्फ अघि बढ्नुपर्छ। समझदारी र भाइचारा सबै विश्वको मानव एक परिवारका सदस्य हो र सबैले एकअर्कासँग समझदारी र भाइचारा कायम राख्नु जरुरी देखिन्छ ।
कार्यक्रम आशा कुमारी श्रेष्टको आध्यक्षतामा Inner wheel district 350 को आयोजनामा कार्यक्रमका प्रमुख अतिथि समिरा धोजु , बिशिष्ट अतिथि सागर भन्ते , बिशिष्ट अतिथि लिलामाणी शर्माले विश्व शान्ती दिवसको अवसरमा बुद्धको महिमा बारे मन्तब्य राखेका थिए ।
कार्यक्रमा सविता दास, रिना तम्राराकार, मन्जु शाक्यले छुट्टै छुट्टै मन्तब्य राखेको थिए ।
विश्व शान्ती दिवसको अवसरमा लुम्बिनी शाक्य बुद्ध विहारहरुलाई नगर सहित र पलफुल , स्टेसनरी समानहरु सहयोग गरेका थिए ।
शान्ती दीप बाट विभिन्न नाराको प्ले कार्ड लिएर लुम्बिनीको मायादेवी मन्दिर परिक्रमा गरि विश्व शान्ती कामनाका लागि लुम्बिनीमा विश्व शान्ती दिवस मनाईयो ।