तिलोत्तमा कलेजका विद्यार्थीहरु लुम्बिनी केबलकारको शैक्षिक भ्रमणमा
बुटवल क्षेत्रको मात्र नभई लुम्बिनी प्रदेशको अब्वल शैक्षिक संस्थाको रुपमा परिचित तिलोत्तमा कलेजका विद्यार्थीहरुले आज लुम्बिनी केबलकारको अवलोकन भ्रमण गरेका छन् । प्लस टु मा अध्ययनरत व्यवस्थापन संकायका करिब १ संय पचास भन्दा वढी विद्यार्थीहरुले शैक्षिक भ्रमण गरेका हुन् ।
विद्यार्थीहरुको शैक्षिक भ्रमणको क्रममा लुम्बिनी केबलकारका अपरेशन म्यानेजर वरिष्ठ इन्जिनियर डिएन कायस्थले केबलकार बारेमा जानकारी गराउनु भएको थियो । यसैगरी म्यानेजर प्रज्वल धिमिरेले लुम्बिनी केबलकारको सञ्चालन संगै पर्यटन प्रवर्धन र विकाशमा लुम्बिनी केबलकारले खेलिरहेको भूमिकाका साथै केबलकारको व्यवस्थापनका बारेमा जानकारी गराउनु भएको थियो ।