घट्यो पेट्रोल, डिजल र मट्टीतेलको मूल्य
अप्सरा भण्डारी सैनामैना
नेपाल आयल निगमले इन्धनको मुल्य घटाएको छ । निगमको आइतबार बसेको संचालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ४ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर ५ रुपैयाँ घटाएको हो ।घटेको मूल्य आज राति १ बजेदेखि लागि हुने निगमले जनाएको छ ।नयाँ मूल्य अनुसार अब काठमाडौँमा पेट्रोलको प्रति लिटर १५९ र डिजल तथा मट्टीतेलको प्रति लिटर १४९ रुपैयाँ पर्ने भएको छ । निगमका अनुसार खाना पकाउने एलपिजी ग्यासको मूल्य भने यथावत कायम गरिएको छ ।