spot_img

एस. बी प्रोडक्सनको आयोजनामा बाल गायन तथा नृत्य प्रतियोगिता सम्पन्न

एस. बी प्रोडक्सनको आयोजनामा बाल गायन तथा नृत्य प्रतियोगिता सम्पन्न
भाद्र ३० आइतवार
सैनामैना ।
बाल दिवसको अवसरमा एस. बी प्रोडक्सनले बाल गायन तथा नृत्य प्रतियोगिता सम्पन्न गरेको छ ।

सैनामैनाका सामुदायिक र संस्थागत गरी करिब १७ विद्यालयहरुबाट उपस्थिति भएका विद्यार्थीहरुका बिचमा प्रतिस्पर्धात्मक रुपमा उक्त कार्यक्रम शनिबार अर्थात् भाद्र २९ गते सम्पन्न भएको हो ।

प्रतियोगितामा गायन तर्फ दिपा थापा प्रथम, सुगम नेपाली द्वितीय र सुजल भट्ट तृतीय भएका छन् भने नृत्य तर्फ युनिसा थापा प्रथम, समिक्षा सुनार द्वितिय र रुविना पौडेल तृतीय भएका हुन्, । प्रतियोगितामा प्रथम, द्वितिय र तृतीय हुनेलाई प्रमाण पत्र कप प्रदान गरिएको छ साथै अबको एक दुई भित्रमा नै नगद सहित सम्मान गर्ने योजना रहेको आयोजक एस. बी प्रोडक्सनले जनाएको छ ।
कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गायक विशाल रायमाझीले निर्णायकको भूमिका निभाउनुभएको थियो ।

एस. बी प्रोडक्सनका अध्यक्ष सुमित भट्टराईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम समाजसेवी सुशीला पन्थ शर्माको प्रमुख आतिथ्यता, सामाजिक अभियन्ता नबिन पौडेलको संयोजन एवं गायक तथा पत्रकार विजय सुनारको सञ्चालनमा सम्पन्न भएको हो ।

कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारले बेजोड प्रतुति दिएका छन् । कार्यक्रममा राष्ट्रिय कलाकार एवं गायक विशाल रायमाझी , मोडेल एवं डान्सर संजु घर्ती मगर एवं स्थानीय कलाकार समेतको विशेष प्रतुति समेत रहेको थियो ।

प्रोडक्सनका अध्यक्ष सुमित भट्टराईको जन्मदिनको शुभ अवसरमा आयोजना गरिएको उक्त कार्यक्रममा सैनामैनाका बालबालिकाहरुलाई नि: शुल्क रुपमा बाल गायन तथा नृत्य प्रतियोगितामा सहभागी गराइएको हो ।
कार्यक्रम सैनामैना नगरपालिका वडा नं ८ स्थित सचिन्तन हलमा सम्पन्न उक्त कार्यक्रममा समाजसेवी, कलाकार, प्रतियोगी एवं स्थानीय दर्शक गरि १०० भन्दा बढीको उपस्थिति रहेको थियो ।

विभिन्न सहयोगी मन एवं विभिन्न संघसंस्थाको आर्थिक सहयोग एवं हौसलाकै कारण भव्य रुपमा सम्पन्न गर्न सकिएको जानकारी दिदैं अध्यक्ष सुमित भट्टराईले कृतज्ञता व्यक्त गरेका छन् ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर