व्यवशायको प्रर्वधन नै मुख्य लक्ष्य हो
नेपालको नमूना अटो भिलेजको रुपमा बुटवल उपमहानगरपालिका वडा नं २ मा मैनावगर अटो भिलेज रहेको छ । मैनाबगर अटो भिलेजमा झण्डै १ हजारको संख्यामा व्यवशायीहरु र ८ हजार भन्दा बढीको संख्यामा कामदारहरु रहेका छन् । यही भाद्र ३१ गते बुटवल अटो इन्जिनियरिङ्ग एशोशिसनको निर्वाचन हुदैछ । बुटवल अटो इन्जिनियरिङ्ग एशोशिसनका निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार रहेका प्रेम गौचन संग हाम्रो लुम्बिनी खबर अनलाईनका प्रतिनिधी शंकर भण्डारीले लिनु भएको अन्तरवार्ता ।
प्रश्न ः बुटवल अटो इन्जिनियरिङ्ग एशोसिएशनको अध्यक्ष पदको उम्मेदवार हुनुहुन्छ ? यस बारेमा प्रष्ट पारिदिनु होस ।
जवाफ ः म बिगत लामो समयदेखि यही व्यवशायमा सलग्न भएको र व्यक्तिगतरुपमा मेरो तीन पुष्ता यही व्यवशायमा नै आवद्ध भएको अवस्था छ । हामी अटो व्यवशायीको इतिहासलाई हेर्ने हो भने सबै भन्दा पहिला पुरानो बसपार्क हुदै बुटवलका विभिन्न स्थानहरुमा, विभिन्न समयमा रहेका अटो व्यवशायीहरुलाई स्थानान्तरण गरी अहिलेको मैनाबगर अटो भिलेजको स्थापना भएको हो । अहिले सम्म पनि अटो व्यवशायीहरुको समस्याहरुलाई यथेष्ट रुपमा सम्बोदन र समाधान हुन सकेको अवस्था छैन । अटो व्यवशायीहरुका समस्याहरुलाई सम्बोदन गर्न एवं समग्रमा अटो भिलेजको विकाशका लागि अध्यक्ष पदको उम्मेदवार बनेको हु ।
प्रश्न ः अटो भिलेजको भावी योजना र विकाश सम्बन्धि के–कसता कार्यक्रमहरु तपाई संग रहेका छन् ?
जवाफ ः भावी योजना संगसगै वर्तमान अवस्थालाई समेत हेर्नुपर्ने हुन्छ । अहिले प्रविधिको व्यापक बिस्तार र विकाश भईरहेको अवस्था छ । व्यापारको बिस्तार भए पनि मैनावगर अटो भिलेज भित्रको व्यापार भने घट्दै गईरहेको अवस्था छ । अहिलेको र भावी योजना भनेको व्यवशायीहरुको व्यापारको बिस्तार र अभिबृद्धि गर्ने नै हो । अहिले सम्म पनि अटो भिलेज पुरानो शैलीले नै चलिरहेकोले यसको आधुनिकिकरण गर्नुपर्ने आवश्यकता रहेको छ ।
प्रश्न ः वर्तमानको कार्य समितिको काम कस्तो रहेको छ र समितिको कामबाट तपाई सन्तुष्ट हुनुहुन्छ ?
जवाफ ः वर्तमान कार्य समिति प्रति सन्तुष्ट, असन्तुष्ट भन्दा पनि उहाँहरुले आफ्नो क्षमताले भ्याए सम्मको काम गर्ने हो । कतिपय असहमतिका कुरा छन् र रहन्छन् पनि । मुख्य कुरा अहिले कार्य समितिमा रहनुभएका व्यवशायिक साथीहरुले पनि मलाई अध्यक्ष पदमा उठ्नु पर्छ भनि आग्रह गरिरहेको अवस्था छ ।
प्रश्न ः मैनावगर अटो भिलेजको अहिले भौतिक पूर्वाधारको अवस्था कस्तो रहेको छ ?
जवाफ ः मैनावगर अटो भिलेज भित्रको पूर्वाधार विकाश विगत लामो समयदेखि जुन रुपमा हुनु पर्ने थियो हुन सकेको अवस्था छैन । अटो भिलेज निर्माण गर्न तत्कालिन नगरपालिका र हाल उपमहानगरपालिकाले अटो भिलेजको उद्देश्य अनुरुपमको भौतिक पुर्वाधारहरुको निर्माण कार्य गर्न सकेको अवस्था छैन । यसलाई नगरपालिकाको मुख्यतथा आन्तरिक कारणले भएको हो भन्न सकिन्छ । यसको लागि अब स्थानीय सरकार, प्रदेश सरकार र संधीय सरकार संग समन्वयन गरेर अगाभि बढाउनु पर्ने आवश्यकता छ ।
प्रश्न ः मैनावगर अटो भिलेज भित्रका व्यवशायहरुले उपभोग र व्यवशाय गरिरहेको जग्गाको स्वामित्वको बारेमा बेला बखत बिवाद उत्पन्न हुने गरेको छ । खासमा यो केहो र यसलाई कसरी समाधान गर्न सकिन्छ ?
जवाफ ः म भण्डै ३५ वर्षदेखि यही पेशामा आवद्ध रहेको छु र यस विषयमा जानकार पनि छु । अटो भिलेज लगायत देशका अन्य औधोगिक क्षेत्रहरुमा यी र यस्ता समस्याहरु आउने गरेको पाईन्छ । म बिगत १८ वर्षदेखि बुटवल अटो इन्जिनियरिङ्ग एशोसियशनमा कार्यसमितिमा आवद्ध रहेकोले विषेश जानकारीको विषय भित्र नै पर्दछ । स्वामित्वको विषयलाई लिएर व्यवशायीहरुले नगरपालिका संग चरणबद्ध आन्दोलनहरु गर्नुपरेको थियो र अहिले छ पनि । यसलाई समन्वयन गरेर नै समाधान गरिनुपर्छ । एउटा कार्यदल बनाएर अगाडि बढ्नुपर्ने आम धारणा व्यवशायीहरुमा रहेको मैले पाएको छु ।
प्रश्न ः मैनावगर अटो इन्जिनियरिङ्ग कलेजको स्थापनाको कुरा छ यस बारेमा तपाईको धारणा के छ ?
जवाफ ः म अहिले पनि बुटवल अटो इन्जिनियरिङ्ग एशोसियशनको सल्लाहकारको रुपमा रहेकोले अटो इन्जिनियरिङ्ग कलेजको निर्माणको सम्बन्धमा धेरै अन्तरक्रिया एवं छलफलहरु भएको र एउटा अध्ययन प्रतिवेदन तयार भएको अवस्था छ । थप अध्ययन गरेर अगाडि बढाउनु पर्छ र बढाइनेछ ।
प्रश्न ः तपाईले अध्यक्ष पदमा जित्ने आधारहरु के–के हुन् ?
जवाफ ः म लामे समयदेखि यही व्यवशायमा रहेका र बिगत १८ वर्षदेखि बुटवल अटो इन्जिनियरिङ्ग एशोसियशनको सदस्य, महासचिव, उपाध्यक्ष हुदै हाल सल्लाहकारको रुपमा समेत रहेकोले म माथि व्यवशायी साथीहरुको आशा र विश्वास कायम रहनुका साथै अटो भिलेज भित्रका समस्याहरुलई सम्बोदन गर्न सक्ने सार्मथ्य रहेकोले यी नै मैले जित्न सक्ने आधारहरु हुन् ।