spot_img

एउटा डाक्टरको जस्तै मेकानिकल इन्जिनियरको पनि सम्मान हुन जरुरी छ

नेपालको नमूना अटो भिलेजको रुपमा बुटवल उपमहानगरपालिका वडा नं.–२ मा मैनावगर अटो भिलेज रहेको छ । मैनाबगर अटो भिलेजमा झण्डै १ हजारको संख्यामा व्यवशायीहरु र ८ हजार भन्दा बढीको संख्यामा कामदारहरु रहेका छन् । यही भाद्र ३१ गते बुटवल अटो इन्जिनियरिङ्ग एशोशिसनको निर्वाचन हुदैछ । बुटवल अटो इन्जिनियरिङ्ग एशोशिसनका वर्तमान अध्यक्ष तथा भावि अध्यक्ष पदका उम्मेदवार रहेका तुल्सिराम न्यौपाने संग हाम्रो लुम्बिनी खबर अनलाईनका प्रतिनिधी शंकर भण्डारीले लिनु भएको अन्तरवार्ता ।

प्रश्न ः बुटवल अटो इन्जिनियरिङ्गएशोसिएसनमा चुनावको माहोल छ। तपाईं वर्तमान अध्यक्ष पनि हुनुहुन्छ र भावी अध्यक्ष पदको उम्मेदवार पनि रहनुभएको छ । यो कार्यकालमा के कस्ता कामहरू भए ?

जवाफ ः सर्वप्रथम त बुटवल अटो इन्जिनियरिङ्ग एशोसिएसन रुपन्देही मैनाबगरमा केन्द्रित भएता पनि रुपन्देही कार्यक्षेत्र भएको हिसाबले र म त्यसको वर्तमान अध्यक्ष पनि छु र भावी उम्मेदवार पनि छु । एउटा युवाको नेतृत्वको हिसावले हामी यस अघि निर्वाचित भएर आयौ । मैनाबगर अटो भिलेजमा रहेका आधारभूत भौतिक समस्याहरू जस्तै खानेपानी, बाटो, नाली निर्माण जस्ता विषयमा केन्द्रित भई काम ग–यौ । यस कार्यकालमा हामीले करिब करिब साढे चार लाख लिटरको खानेपानीको ट्यांकी निर्माण सम्पन्न गरी पानी सप्लाईको लागि धारा जडान गरिएको अवस्था छ। अरु भौतिक विकासका सन्दर्भमा मैनाबगरको केही लाइनमा बाटो र नाली निर्माण भएको छ। अर्को तर्फ हामीले अटो भिलेजको सुन्दरीकरणको लागि अटो भिलेजको बीचमा पर्ने गरी एउटा ग्रीनल्याण्डको लागि ठाउँ बनाएका थियो र त्यो ठाउँ डम्पिङ साइडको रूपमा प्रयोग भएको थियो। मेरो कार्यकालमा त्यसलाई मैले प्रदेश सरकारबाट बजेट विनियोजन गराएर, लक टाइल लगाएर बीच बीचमा रुख बिरुवा रोपेर ग्रिनरीको रूपमा विकसित गर्ने कार्य सम्पन्न गरें। भौतिक निर्माणकै सवालमा हामीले विश्वकर्मा प्रशिक्षण भवन बनाएर विभिन्न तालिम सञ्चालन गर्ने काम ग–यौ । यसको तला थप गर्ने काम पनि भयो। यावत् हिसावले भौतिक निर्माणको सन्दर्भमा धेरै उल्लेखनीय कामहरू मेरो कार्यकालमा भएका छन् र यो विषयमा बिस्तृत कुरा गर्दा धेरै लामो हुन्छ होला । अर्को कुरा संस्थाका आन्तरिक रूपमा मैले संस्थागत हिसावले आर्थिक पारदर्शीताका विषय एकदम स्वस्थ, चुस्त, दुरुस्त र व्यवस्थित प्रकारको सचिवालय, आफ्नो एउटा राउन्डिङ टेबुल सहितको मीटिंग कक्ष अनि त्यसै गरी लेखा शाखामा पारदर्शीता तथा सुव्यवस्थित तरिकाको कार्यकक्ष, यससंगै व्यवसायी साथीहरुलाई सिस्टमेटिक सफ्टवेयर मार्फत सबैलाई अनलाइनमा
जोडिने खालको आन्तरिक व्यवस्थापन गर्ने जस्ता विभिन्न किसिमका संस्थागत सवलीकरणका कार्यहरु भए । आर्थिक मितव्ययिताको लागि खर्च किफायती गर्न आफ्नै भोजनालयको स्थापना, त्यसै गरी लेखा काउन्टर निर्माण गरी सम्पन्न गर्ने लगायतका काम हरु भए।
अर्को कुरा व्यवसायीहरुको प्रोमोसनको सवालमा हामीले समयको परिवर्तनसँगै आएका नयाँ प्रविधिहरु र त्यसको चुनौतीको सामना गर्नको लागि नेपालमै पहिलो पटक बिए ३ र र बिए ५ को एडभान्स तालिमको लागि ईन्जिनियरहरुलाई खटाएर आफैले कोर्स निर्माण गरी सञ्चालन गर्यौँ। साथै डेन्टिङ्ग, पेन्टिङ्ग सम्बन्धी तालिम पनि नेपालमै संभवतः पहिलो पटक सञ्चालन गर्यौँ। साथै वेल्डिङ सम्बन्धी विविध तालिम संचालन गर्यौँ र अर्को महत्वपूर्ण कुरा सुरक्षित कार्यस्थल बनाउनको लागि काम गर्दा अपनाउनु पर्ने सुरक्षात्मक तालिमको लागि नेपाल सरकारको टोली आएर शिक्षा, स्वास्थ र सुरक्षाका विषयमा विभिन्न तालिमहरु भए।
साथै शान्ति सेनामा जाने नेपाली सेनाहरुलाई हाइड्रोलिक एड्भान्स तालिम आवश्यक पर्ने भएकोले मेरो कार्यकालमा वर्षको एउटा गरी ३ वटा तालिम सञ्चालन गर्यौँ।
त्यसैगरी भन्सारमा पछिल्लो समयमा उत्पन्न भएका व्यवसायीहरुका समस्याका सवालमा ती समस्याहरुमा केन्द्रीकृत भएर जिल्ला प्रशासन कार्यालय, सुरक्षानिकाय एवं बेलहिया नाकामा ज्ञापन पत्र बुझाएर ध्यानाकर्षण गराउने र त्यो तहसँग हामीले छलफल गरेसंगै पछिल्लो समय अन्य संस्थाहरुले पनि यसकार्यलाई इनिसीएसन लिएर त्यसलाई पूर्णता दिने गरी केही एक्सरसाइज भएको छ। यसको जगको बेस हाल्ने काम पनि मेरो कार्यकालमा भए।
यसै गरी व्यवसायी प्रोमोसनका सवालमा व्यवसायीहरु र ग्राहकहरुका बीचको गुनासोहरु मुख्य समस्या हो भनि पहिचान गरी लेनदेन होस् वा समयमा कार्य सम्पादन गर्न नसकेका कुरा होस् या दर रेटका कुरा र अन्य यावत् बिवादहरू दुवै पक्षहरु लाई राखेर मेलमिलाप समिति खडा गरेर समाधान गर्ने काम हुँदै आएको छ। अर्को कुरा संस्था मैनाबगरमा मात्र केन्द्रित भयो भन्ने लागेर संस्थालाई जिल्लाव्यापी रूपमा सबैको पहुँचमा पुगोस् भन्ने हेतुले हामीले विधानमानै संसोधन गरेर रुपन्देही जिल्लाका प्रत्येक स्थानीय तहमा शाखा सञ्चालन गर्ने गरी कार्यक्रम अगाडि बढाएका छौ। अनि यसको मातहतमा महासंघ पनि हाम्रो छ र महासंघले समेट्ने सबै जिल्लाहरुमा हाम्रो उपस्थिति र केन्द्र सम्म हाम्रो उपस्थिति राख्नको लागि एवं प्रतिष्ठाको लागि विभिन्न कामहरु भएका छन्।
अर्को कुरा पछिल्लो समय अटोमोबाइल क्षेत्रमा युवा पुस्ताको आकर्षण पनि कम हुने र यस क्षेत्रमा दक्ष जनशक्तिको पनि कमी भएके र यो क्षेत्रमा काम गर्ने युवाहरु पनि क्रमिक रूपमा बिदेश पलायन हुने क्रम बढेको कुरालाई मध्यनजर गर्दै यो क्षेत्रमा एउटा सैद्धान्तिक र प्राविधिक ज्ञान दिने गरी अटो ईन्जिनियरिङ् कलेजको सञ्चालन गर्नु पर्छ ताकि हाम्रा सन्तानहरू त्यहाँ पढेर इन्जिनियरिङको डिग्री पनि पाउन र प्राविधिक रूपमा अटो पार्ट्स पनि निर्माण गर्न सकुन् र कालान्तरमा नेपालमै गाडी पनि उत्पादन गर्न सकुन् भन्ने उद्देश्यले हामीले त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय अन्तर्गतका पुल्चोक इन्जिनियरिङ, थापाथली ईन्जिनियरिङ् लगायतका र अन्य संस्थाहरूसँग अध्ययन, अनुगमन गरेर, त्यहाँबाट राय सल्लाह लिएर साथै सबै तहका मन्त्रालयमा समन्यवन गरेर एउटा अध्ययन प्रतिवेदन पनि तयार गरेका छौं। हाम्रो उद्देश्य चाहिँ कम्तीमा त्यहाँबाट उत्पादन भएका विद्यार्थीले विदेशबाट आयत गर्ने हजारौं अटो पार्ट्स मध्ये हरेकले कुनै एउटा पार्ट्सको नेपालमै उद्योग सञ्चालन गर्न सकुन् र त्यसको लागि उक्त पार्ट्स उद्योगको सञ्चालन गर्दा लाग्ने लागत, नेपालमा रहेको सम्भाव्यता र खपत लगायतका रिसर्च आफै गर्न सक्षम होस् र मात्र उ इन्जिनियर बनोस् भन्ने हो र यो प्रणाली बन्न पर्छ भनेर हामी लागि परेका छौं। त्यस सवालमा स्थानीय सरकारको हिसावले कार्यपालिकाले नै निर्णय गरेर प्रमुख एजेण्डा बनाएको छ, यो हाम्रो उपलब्धि नै हो। भविष्यमा यो पुस्तालाई शिक्षासँग जोड्ने कुरामा केन्द्रित भएर हामीले कार्यक्रमहरुको निद्र्यारण गर्ने छौ । यसै गरी अतिरिक्त क्रियाकलापका सन्र्दभमा खेलकुद कार्यकम र रक्तदान कार्यक्रम संचालन गरिएको थियो। रक्तदानका सम्बन्धमा बुटवल अटो इन्जिनियरिङ्ग एशोसियसन जिल्लामै उत्कृष्ट ३७७ प्वाइन्ट रगत सङ्कलन गरी जिल्लामै प्रथम भएको कुरा सराहनिय विषयको रुपमा रहेको छ। यी लगायत यावत् अतिरिक्त क्रियाकलापहरू छोटो समयमा विस्तृत रूपमा भन्न नपर्ला सायद यो कुरा व्यवसायी साथीहरुलाई अवगत नै छ।

यसै गरी पछिल्लो समय यो क्षेत्रमा विकास गर्नको लागि केन्द्रबाट स्वीकृत गराई करिब डेढ करोडको बजेट आएको कुरा पनि जानकारी गराउन चाहन्छु ।

प्रश्न ः मैनाबगर अटो भिलेजमा अहिले कति व्यवसायीहरु आबद्ध हुनुहुन्छ र अहिलेको व्यवशायीहरुको जल्दाबल्दो समस्याहरू के कस्ता रहेका छन् ।

जवाफ ः अहिले बुटवल अटो भिलेजमा करिब १००० व्यवसायीहरु आबद्ध रहेको अवस्था छ भने ८००० देखि १०००० मजदूरहरु आबद्ध हुनुहुन्छ। पछिल्लो समय देशका युवा, युवती विदेश पलायन हुने क्रम बढेसँगै जनसंख्याको चाप र बजार चलायमानको अवस्था पहिले जस्तो छैन, त्यसको प्रत्यक्ष असर हामीलाई पनि परेको छ। यो व्यवसायलाई उजागर गर्ने हिसावले एउटा चिन्ताको विषय रहेको छ । साथै प्रविधिको विकासलाई राज्यको निकायहरुले व्यवसायीसँग जोड्न नसकेको अवस्था छ। आज विश्व बिए ५ र बिए ८ टेक्नोलोजीमा एड्भान्स हुँदै गर्दा नेपालको सामान्य वेसिक कोर्समा पनि राज्यको सिलेबसका कुरामा मात्र सिमित भएको जस्ता मापदण्डका कुरामा मात्र सिमित रहेको अवस्था छ र यस विषयमा पनि हामी लड्नु पर्ने बाध्यता छ। यसले गर्दा यस्ता समस्यालाई चिर्दै हामी अगाडि बढ्नु पर्ने आजको आवश्यकता छ।

प्रश्न ः मैनाबगर अटो भिलेज नेपालकै नमुना अटो भिलेजको रूपमा पनि परिचित छ। अटो भिलेज रहेको जग्गाको स्वामित्व सम्बन्धमा बुटवल उपमहानगरपालिका र बुटवल अटो इन्जिनियरिङ्ग एशोसिएसनको बीचमा के कस्तो सम्झौता एवं समझदारी भएको छ ?
जवाफ ः अब यो विषयमा नेपालकै नमूना अटो भिलेज भनेर हामीले सुरुमै नारा दियौं ,तर त्यस अनुरूप हामीले कार्यक्रम गर्न सकेनौ। स्थापनाकाल देखि नेतृत्वको भूमिकाहरु हेर्दा सायद हाम्रो पनि केही त्रुटिहरु भेटिन्छन्। अर्को कुरा राज्यका निकाय, मुख्यरुपमा बुटवल उप महानगरपालिकाले अपनत्व लिने र अटोल्याण्डलाई देशकै सम्पत्ति र गहनाको रूपमा विकशित गर्ने सवालमा भौतिक विकासका सवालमा अझै पनि हामी व्यवसायीहरु लड्नु पर्ने अवस्था छ। यो एउटा दुःखलाग्दो विषय हो । तर हामी चाहिँ के मा केन्द्रित हुनु पर्छ भने भौतिक निर्माणको सवालमा राज्यले आजै निर्णय गर्न सक्छ र यो धेरै ठूलो विषय पनि होइन ।
अर्को कुरा कम्तीमा अटोमोबाइल क्षेत्रको आधुनिक विकासको लागि के के गर्न सकिन्छ भन्ने कुराको बहस र पैरवी गर्न चाहिँ राज्यका सबै निकायमा हामीले आग्रह गरेका छौ। किनकि हाम्रो तर्फ बाट हेर्दा हामीमा सक्षमता छ तर वातावरण छैन। त्यसले गर्दा हामीले काम गर्न सकिरहेका छैनौ। यो नमुना बनाउने कुरामा जग्गाको स्वामित्वको कुरा छ, जग्गाको स्वामित्वको जुन सवाल छ, सुरुमा हामीलाई यहाँ खोलाको बगरमा ल्याएर जग्गा दिइयो । तत्कालीन अवस्थामा मिलनचोकमा घरघडेरी आउने बराबरको रकम हामीले यहाँ बगर पुर्नमा र संरचना निर्माण गर्नमा खर्च गरेका छौं। अहिले हामीहरूको करोडौको लगानी छ, मेरो आफ्नै कुरा गर्दा मेरो एउटा पसल छ, जसमा दुई करोड भन्दा बढीको पूंजी छ, तर त्यो ठाउँ देखाएर मैले कुनै बैंकमा गएर लोन लिन पाउँदिन। त्यो रातो पुर्जानै महत्वपूर्ण कुरा हो भन्ने भाष्य राज्यले निर्माण गर्दा हामी पछाडि पर्यौं। हामीले छोराछोरी पढाउँदा, विदेश जान पर्दा अथवा व्यवसायिक लगानी थप बढाउन पुर्जा नभएको कारण हामी पीडित भएका छौं। यदी नगरपालिकाले सम्पूर्ण लगानी गरिदिएर हामी बसेको भए हाम्रो लगानी धेरै यहाँ फस्दैन थियो। तर सारा लगानी हाम्रो यहाँ फस्ने, भए भरको लगानी यही लगाइयो, अन्त केही छैन, व्यवसायीहरुलाई कुनै दिन दुःख पर्दा लोन निकाल्न मिल्दैन भने पछि यो कुराको बहस फरक तरिकाले गर्ने पर्छ। नगरपालिका र व्यवसायी बीच यो जग्गाको स्वामित्वको विषयमा लडाई चाहिँ पर्या छ। व्यवसायीको चाहना त अवश्य आफ्नो नाममा सम्पति आउनु पर्ने कुरा जायज नै हो । अर्को कुरा नेपाल सरकारले भूमि आयोग बनाइसके पछि रुपन्देहीको भूमि आयोगले यहाँ आएर अनुगमन गर्दा व्यवसायीले लगानी फसाइसके, सारा कुरा भयो, १० वर्ष भन्दा पछि बसेका जग्गाहरुलाई पुर्जा दिन मिल्छ भनेर भूमि आयोगको अध्यक्ष हरी बहादुर सरले चाहिँ अपनत्व गर्दै, फारम भराएर दर्ता गराएर राख्नु भएको छ। यसमा द्वन्द कहाँनिर छ भने नगरपालिकाले हाम्रो जग्गामा दिइस् भन्ने अनि भूमि आयोगले तपाईहरुको नाममा त्यहाँ पुर्जा देखिएन भन्ने कुरा रहेको छ । त्यो हिसाबको द्वन्दले गर्दा त्यसको चपेटामा व्यवशायीहरु परेको छौं।

प्रश्न ः अर्को कार्यकालको लागि अध्यक्षमा निर्वाचित हुनुभयो भने भावि योजनाहरू के कस्ता रहेका छन् ?
जवाफ ः भावि योजनाका कुरा गर्दा पहिलो कुरा त अहिले भौतिक विकास अन्तर्गतका अधूरा बाटो तथा नाली निर्माणलाई पूर्णता दिने मुख्य योजना छ।
दोश्रो कुरा व्यवसायी जाग।ण नहुँदा सम्म समस्याको निराकरण हुँदैन। हामी व्यवशायी रहे न सबै कुरा हुने हो, त्यसैले व्यवसायीहरुको जागरणको लागि अहिले मेरो नेतृत्वमा युवाहरूको टीम बनेको छ र त्यो टिमले नेतृत्व लिन पाएको खण्डमा राम्रो कामहरू गर्न सक्छ भन्ने आत्मविश्वास छ।
तेस्रो कुरा अघि नै भनेको भावि पुस्तालाई हेरेर एउटा अटो ईन्जिनियरिङ् कलेजको सम्भाव्यता अध्ययन गरी बुटवलमा खोलेर यो मैनाबगर क्षेत्रमा प्राक्टिकल शिक्षा दिने गरी व्यवस्था गर्न सकिन्छ भन्ने छ।
अर्को कुरा जुन नमुना अटो भिलेजको कन्सेप्ट छ त्यसै अनुरूप विकास गर्ने र व्यवसायीक वृद्धिको सवालमा उदाहरणको लागि मैले यही क्षेत्रमा २० वर्ष देखि काम गरेको छु र म मेरो काममा दक्ष छु भनेर यो राज्यको निकायमा सर्टिफाई हुन जाँदा यो राज्यका निकायसँग मलाई सर्टिफाई गर्ने कुनै नीति र पोलिसी छैन। मैले यो नीति बनाऊ भनेर शिक्षा मन्त्रालयको उपसचिव सँग टेबल ठोकेर कुरा गरेको छु । मेरो २० वर्षको अनुभव छ, तपाईंका इन्जिनियर ल्याउनुस् उनीहरूले गर्न सक्ने काम मैले गर्न सक्छु । नयाँ बिए ६ प्रविधि तपाईंहरूले सुन्नु भएको छ भने मैले त्यसका समस्या समाधान गर्ने क्षमता राख्छु भनेर कुरा गरेको छु। त्यसैले हाम्रा पनि सर्टिफिकेट बनाएर विश्व बजारमा हामी पनि बिक्न सकौं, हाम्रो पनि मूल्य होस्, एउटा डाक्टरको जसरी सम्मान छ मेकानिकको पनि सम्मान हुनुपर्छ भन्ने कुरालाई पनि मैले जोड दिएर यावत् कुराहरुमा म प्रतिबद्ध भएर लागि पर्ने छु भनेर प्रण गर्न चाहन्छु।

प्रश्न ः व्यवसायीहरुको हक हितको सवालमा भावि योजना के छन् ?
जवाफ ः व्यवसायीहरुको हक हितको हिसावले र एउटा मजदूरको सेक्युरिटी र उसले पाउने आधारभूत सेवा सुविधाका सवालमा, यो हाम्रो मात्र समस्या होइन समग्र नेपालको सवालमा मजदूर तथा मेकानिकहरु तथा श्रमिकहरूको सम्मान हुन नसकेको अवस्था छ र व्यवसायीको प्रोमोसनका हिसावले राज्यका निकायहरु करमा मात्र केन्द्रित भई रहेको छन् । पछिल्लो समयमा व्यवसायीहरु दुःख सुख गरेर यो देशमा टिकीरहेको छन्। तिनीहरूलाई विज्ञापन करको नाममा घर माथि राखेको होर्डिङ्ग बोर्डमा समेत विज्ञापन कर लिएर जुन आतंक मच्चाईएको छ त्यसमा हाम्रो संस्थागत ऐक्यबद्धता छ, म त्यहाँ पनि लडिरहेको छु। कर तिर्छौँ हामीले तर हामीलाई सुविधा देऊ, व्यवसायिक वातावरण निर्माण गर भनेर राज्यका निकायसँग लड्नु पर्ने हाम्रो आजको आवस्यकता रहेको छ।

प्रश्न ः संघ, प्रदेश र स्थानीय तह सँग बुटवल अटो एशोसिएसनको के कस्तो अपेक्षा गरेको छ ?
जवाफ ः अब स्थानीय सरकारले सबै भन्दा धेरै अपनत्व लिनुपर्छ । स्वाभाविक रूपले स्थानीय सरकारसँग अपेक्षा नगर्नु भन्ने कुरा त होइन, तर हाम्रो के हो भने उहाँहरुलाई प्रश्न आज २३ वर्ष भयो अटो भिलेज सञ्चालन भएको, यतिका वर्ष सम्म यो वर्ष यति गर्छु भनेर टार्गेट बनाएर विकास गरेको भए आज यो अवस्था आउने थिएन। आज संस्थाको अध्यक्षले
बाटो बनाउँछु भनेर राज्यका निकायमा धाउनु पर्ने कुरा कति सम्म दुखद हो । उद्योग वाणिज्य संघले के बाटो बनाउँछु भनेर हिँड्छ र ? हामीले सिर्फ व्यवसायिक कुरा मात्र गरे पुग्ने वातावरण बनाइदिनुस् भन्ने हाम्रो चाहना छ। स्थानीय सरकारले यसमा चासो दिनु पर्छ र प्रदेश सरकारसँग पछिल्लो समय मेरो राम्रो समन्वय छ । यहाँ प्रदेशको बजेट खासै आउँदैन्थ्यो । मैले प्रदेश सरकार सँग समन्वय गरेर अहिले धेरै लाभ लिन सफल भएको छु। केन्द्र सरकारसँग पनि केही लाभ लिइएको छ। मुख्य कुरा के हुन्छ भने स्थानीय सरकारले नै नचाहँदा सम्म सिधै प्रधानमन्त्रीलाई भेट्दा पनि मेयर साबको मातहतमा आयो भने यस्ता कुरा सहज हुन्छ भनेर मलाई विगतमा भनिएको हुनाले सबै भन्दा मुख्य दायित्व स्थानीय सरकारकै रहन्छ । त्यसैगरी प्रदेश र केन्द्रको सम्बन्धमा मेरो आफ्नै नेतृत्व दोहोरिँदै गर्दा मेरो आफ्नो राम्रो कोर्डिनेसन बनेको छ । त्यो तहमा मैले पहिलो दिन देखिनै टेबुल टक गर्न सक्छु, त्यसमा मेरो आत्मविश्वास छ।

प्रश्न ः तपाईं अध्यक्ष पदको उम्मेदवार हुँदै गर्दा
तपाईंले जित्ने आधार के के छन् त ?
जवाफ ः अब जित्ने आधारहरुको कुरा गर्नु पर्दा एउटा मैले युवा तथा इनर्जेटिक टीम बोकेर आएको छु, जसले शैक्षिक हिसावले पनि सबैले स्नातक पढेको लेभलको साथीहरु हुनुहुन्छ । अर्को कुरा व्यवसायिक हिसावले पनि सबै जना सफल व्यवसायी हुनुहुन्छ।
इन्डिभिजुअल कुरा गरें है । दोस्रो कुरा मेरो यो करिब अढाई वर्षे कार्यकाल सम्पन्न गर्दा ऐतिहासिक हिसावले अपेक्षित रूपमा भन्दा राम्रो कार्यकाल सम्पन्न गरिस् भन्ने व्यवसायी साथीहरुको प्रसंशा र सहानुभूति मैले पाएको छु। उम्मेदवारी किन दिने भन्ने सवालमा व्यवसायी साथीहरुले पनि आग्रह गर्नु भएको छ। अझै एक कार्यकाल गर्नुभयो भने सम्पूर्ण समस्या समाधान हुन्छन् । तपाईं प्रति हाम्रो आशा भरोसा छ भन्ने कुरा आएको छन्। समग्र देशमै हेर्दा वृद्धहरुको देश चलाउँदा देश नै बिग्रियो कम्तीमा युवा साथीहरुले यहाँ नेतृत्व गरिदिनु पर्छ भन्ने व्यवसायीहरुको आग्रह छ। त्यो कारणले मा विश्वस्त छु । चुनावको कुरा हो । तल माथि २० र १९ सामान्य हो । चुनावमा चलखेल हुन्छ भन्ने सुनेको छु, आफू त त्यस्तोमा लागेको छैन । सौहार्द र स्वतन्त्र हिसावले आफू जाने हो, त्यो बाहेक निष्पक्ष रूपमा चुनाव हुँदा मैले हार्ने अवस्था छैन भन्ने मेरो आत्मविश्वास छ।
एउटा कुरा चाहिँ महिलाहरुलाई यो क्षेत्रमा ल्याउने सवालको विषय पनि छ । महिलाहरुलाई यो क्षेत्रमा सहभागिता गराउने विषय शिक्षासँग जोड्न सक्दा पनि राम्रो हुन्छ। अलिकति अटो ईन्जिनियरिङ् कलेजको सम्भाव्यताका विषयमा अध्ययन प्रतिवेदन बनिसकेपछि कहाँ कहाँ कुन क्षेत्रलाई यसमा समेट्न सकिन्छ भन्ने प्रष्ट हुन्छ। मैले यसको मोडेल के हो भन्ने छोटकरीमा प्रष्ट पार्न चाहन्छु। हाम्रो विद्यालय शिक्षामा मुख्यतः ३ वटा क्यटागोरीको विद्यार्थीहरू उत्पादन हुन्छन् । ती हुन् निम्न, मध्यम र अब्बल श्रेणी । हामीले पनि त्यही कल्पना गरेरस निम्न खालकोले चाहिँ सेवा प्रवाह गर्ने, मध्यमले चाहिँ अटो पार्ट्सको कुनै एउटा पार्ट्सको उत्पादन गर्ने उद्योग खोल्न सक्यो भने त्यसमा बिस्तारै आत्मनिर्भर बन्न सक्यो भन्ने कुरा अनि सबै भन्दा अब्बल पढाई हुने विद्यार्थी हरुले चाहिँ नेपालमै कुनै गाडीको उत्पादनको क्षेत्रमा काम गर्ने भन्ने हाम्रो अवधारणा छ। यसमा एउटा दुविधा मैले अस्ति पुस्तक सार्वजनिक गर्दा पत्रकार सम्मेलनमा पनि भनेको थिएँ । हाम्रो विद्यमान शिक्षा ऐन अलिकति बाधक बनेको छ । शिक्षा मन्त्रालयले हामीलाई सम्बन्धन दिनु पर्छ । सम्बन्धन दिँदा सोही प्रतिवेदन भन्दा बढाएर हामीले पाठ्यक्रम फेरेर पढाउन पाइँदैन, त्यही भएर हामीले हाम्रो मोडेलबाट पढ्दै कमाउँदै गर्ने खालको हुनु पर्छ र इन्जिनियरहरुले थेसिस गर्ने भनेको कम्तीमा एक वर्ष कार्यक्षेत्रमा काम नगरी थेसिस पूर्ण हुँदैन भन्ने यो कुरालाई मैले मुख्य बुँदा बनाएर फोकस गरेर म लागेको छु र सबैतिरबाट यो यहाँ सम्भव छैन भन्ने कुरा गरेर अलिकति नेग्लिजेन्स गर्ने परिपाटी केही विपक्षी उम्मेदवारहरुको बनेको छ । त्यो कुरालाई चिर्ने गरी तपाईं पत्रकार मित्रहरूले यो विषयमा यो क्षेत्रको विकासको सन्दर्भमा अब मैले गर्ने त के हो भने मैले अटो मोबाइलको क्षेत्रमा प्रतिनिधित्व गरेको छु, नेतृत्व गरेको छु भनेपछि मैले अटोमोबाइल क्षेत्रको लागि

केही गर्छु भन्ने उद्देश्य राखेर हिड्नु पर्ने हो र सबै संस्थाहरुले आ आफ्नो क्षेत्रबाट पहल गर्ने हो भने राज्य निर्माणमा पनि हाम्रो भुमिका रहन्छ।
राज्य निर्माणमा संघसंस्थाहरुको के भुमिका रहन्छ भन्दा आफ्नो क्षेत्रको विकास निर्माणको सवालमा महत्वपूर्ण भूमिका निर्वाह गरियो भने राज्य निर्माणमा महत्वपूर्ण भूमिका हुन्छ। हामीले राजनीतिक दलहरुलाई गाली गरेर मात्र, समाज बिग्रियो भनेर मात्र र विदेश गएर फेसबुकमा लेखेर मात्र देश बन्दैन। त्यो तहमा हाम्रो युवा टीम लागेको छ यो कुरा चाहिँ मैले ध्यानाकर्षण गराउन चाहें।

प्रश्न ःअटो ईन्जिनियरिङ् कलेजको स्थापनाको लागि प्रतिवेदन तयार गरिएको कुरा छ, त्यो कसले र कसरी तयार गरेको हो ?
जवाफ ः मेरै नेतृत्वमा प्रतिवेदन तयार भइसकेको अवस्था छ । यसमा मैले विशेष सहयोग काठमाडौं युनिभर्सिटीका उप प्राध्यापक डा । हरी न्यौपाने जसले नर्वेबाट अध्ययन गर्नु भएको हो, उहाँको सहयोगमा प्रतिवेदन तयार गरें । त्यसको एउटा निचोड र सारतत्व के हो भने भौगोलिक हिसावले बुटवल पश्चिम नेपालको केन्द्रबिन्दु र केन्द्रबिन्दुको हिसावले यहाँ
विद्यार्थीको उपलब्धता हुने र अर्को कुरा हाम्रो नेपालकै नमूना अटो भिलेजलाई हामीले प्राक्टिकलको रूपमा प्रयोग गरेर भरपुर फाइदा लिन सकिने र पछिल्लो समयमा बुटवलका बिटिआई, केएनआईटि र अटो भिलेजलाई एउटा संयुक्त हिसावले चलाउन सक्ने गरि एउटा अटो ईन्जिनियरिङ् कलेजलाई हामीले सञ्चालन गर्ने निष्कर्ष निकालेका छौं। यसका सवालमा काठमाडौं युनिभर्सिटी सकारात्मक रहेको छ र मैले उहाँहरूसँग एउटा सर्त राखेको छु तपाईंहरूले पढाएको जस्तो अलि छैन त्यसलाई अलि संसोधन गरेर हाम्रो कोर्समा अलि बढी कार्यशालामा जोडिने खालका इन्जिनियर हुनु पर्छ। इन्जिनियर उत्पादन गर्दा लुगामा कालो लाग्दा पनि तर्किने खालका नहोउन् । एक वर्ष कालो मैलोमा खेलेर थेसिस सम्पन्न होस् र इन्जिनियर बनोस् भन्ने रहेको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर