केबलकारको एड्भेन्चर खेलमा जेष्ठ नागरिकको पनि आर्कषण
पाल्पा भाद्र –२७
लुम्बिनी केबलकारको माथिल्लो स्टेशन तिनाउ गाउँपालिका वडा नं.–३ बशन्तपुरमा सञ्चालित एड्भेन्चर ( जीप लाइन, स्काईसाइक्लिङ्ग, जाइन्ट स्वीङ्ग लगायतका ) खेलहरुमा हरेक उमेर समूहको सहभागिता हुने गरेको पाइएको छ ।
हाम्रो लुम्बिनी खबरको टिम आज तिनाउ –३ मा अवस्थित केबलकारको माथिल्लो स्टेशन बशन्तपुर पुग्दा तिलोत्तमा नगरपालिका मणिग्राम निवासी वर्ष ७९ र ७५ वर्षिय डोलराज पाठक दम्पति जीप लाइन खेलिरहेको भेटिनु भयो । अन्य उमेर समूह भन्दा फरक पाठक दम्पतिले सक्षिप्त प्रतिक्रियामा केबलकारको यात्रा, माता कामाख्याको दर्शन एवं एड्भेन्चर खेलहरुमा सहभागिताले अत्यन्तै आनन्दभूति गराएको बताउनु भयो ।
लुम्बिनी केबलकारको बुटवल उपमहानगरपालिका वडा नं.–३ मा बटम स्टेशन तथा तिनाउ –३ पाल्पामा टप स्टेशन रहेको छ । करिब १२ मिनेटको केबलकारको यात्राबाट तिनाउ –३ पाल्पा बशन्तपुरमा पुग्न सकिन्छ भने टप स्टेशन बशन्तपुरमा नेपालको प्रमुख धाम मध्येको एक शक्तिपीठ माँ कामाख्याको मन्दिर रहेको छ । केबलकारको टप स्टेशन परिसरमा जीप लाइन, स्काई साइक्लिङ्ग, जाइन्ट स्विङ्ग एवं बालउद्यान रहेका छन् ।