spot_img

सर्पदंशबाट एकैघरका दिदिबहिनीको मृत्यु, हजुर आमा गम्भीरसर्पदंशबाट एकैघरका दिदिबहिनीको मृत्यु, हजुर आमा गम्भीर

सर्पदंशबाट एकैघरका दिदिबहिनीको मृत्यु, हजुर आमा गम्भीरसर्पदंशबाट एकैघरका दिदिबहिनीको मृत्यु, हजुर आमा गम्भीर
कैलालीमा सर्पले टोक्दा एकै घरका दुई बालिकाको मृत्यु भएको छ । शनिबार दिउँसो गौरीगंगा नगरपालिका-७ महुलिया बस्ने स्थान घर्तीमगरकी छोरीहरु ७ वर्षकी काजल र ४ वर्षकी नीताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी पदमबहादुर विष्टले जानकारी दिए ।

आफ्नै घरको भुइँतलाको खाटमा सुतेका उनीहरुलाई शनिबार सर्पले टोकेपछि उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको थियो । उनीहरुको उपचारका क्रममा मृत्यु भएको हो ।

प्रहरीका अनुसार सर्पको टोकाईबाट बालिकाकी हजुरआमा ५५ वर्षकी रिजु घर्तीमगर घाइते भएकी छन् । उनको सेती प्रादेशिक अस्पतालमा उपचारका भइरहेको छ ।

शनिबार सर्पकै टोकाइबाट कैलालीमा अरु तीन जना पनि घाइते भएका छन् ।

धनगढी उपमहानगरपालिका-१ बस्ने १३ वर्षीय उपेन्द्र केसी, गौरीगंगा नगरपालिका- ५ का १४ वर्षीय हेम बोहरा र जोशीपुर गाउँपालिका-३ कि ३४ वर्षीया उर्मिला कठरिया घाइते भएका जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

उनीहरूमध्ये केसी र बोहराको सेती प्रादेशिक अस्पतालमा र कठरीयाको मसुरियास्थित सर्पदंश उपचार केन्द्रमा उपचार

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर