spot_img

कपिलवस्तु बाणगंगामा पौडी खेल्ने क्रममा खोलामा डुबेर दुई जना बालकको ज्यान गएको छ

कपिलवस्तु बाणगंगामा पौडी खेल्ने क्रममा खोलामा डुबेर दुई जना बालकको ज्यान गएको छ । बाणगंगा नगरपालिका वडा नम्बर ८ ढोडेकोल बस्ने दुई बालकको ज्यान गएको प्रहरीले जनाएको हो ।

कोइली खोलामा पौडी खेल्ने क्रममा ठाकुर भण्डारीको छोरा वर्ष १६ को प्रतिक भण्डारी र सोही ठाउँ बस्ने कृष्ण सापकोटाको छोरा १५ वर्षको शरोज सापकोटाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

उनीहरु स्थानीय खेल मैदानमा फुटबल खेलि पौडी खेल्न खोलामा गएको बताइएको पारिवारिक श्रोतले जानकारी दिएको छ । पौडी खेल्ने क्रममा खोलामा डुबेर दुई बालकको ज्यान गएको प्रहरीले जनाएको हो । मृतक बालकहरुको शव पोष्र्टमार्टमका लागि अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर