सशस्त्र प्रहरी महानिरीक्षक अर्यालद्धारा केबलकारको अवलोकन भ्रमण एवं कामाख्या धामको दर्शन
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले आज लुम्बिनी केबलकारको अवलोकन भ्रमण तथा माँ कामाख्या धामको दर्शन गर्नुभएको छ । अवलोकन भ्रमण र माँ कामाख्या धामको दर्शनमा महानिरीक्षक अर्याल संगसगै सशस्त्र प्रहरी नायव महानिरीक्षक एवं प्रवक्ता कुमार न्यौपाने, सशस्त्रप्रहरी लुम्बिनी प्रदेश प्रमुख अभि कुमार खत्री लगायतको सहभागिता रहेको लुम्बिनी केबलकार लिमिटेडका म्यानेजर प्रज्वल घिमिरेले जानकारी गराउनु भयो ।
केवलकारको अवलोकन भ्रमणका क्रममा लुम्बिनी केबलकारका अपरेशन म्यानेजर डिएन कायस्थ, म्यानेजर प्रज्वल घिमिरेले लुम्बिनी केबलकारमा स्वागत गर्दै केबलकारको प्राविधिक पक्षको साथसाथै आन्तरिक तथा बाह्य पर्यटन प्रवर्धन र विकाशमा लुम्बिनी केबलकारले खेलिरहेको भूमिकाको बारेमा जानकारी गराउनु भएको थियो ।
यसै क्रममा महानिरीक्षक अर्याल, प्रवक्ता न्यौपाने, लुम्बिनी प्रदेश प्रमुख खत्रीले केबलकारको माथिल्लो स्टेशनमा अवस्थित माँ कामाख्या देवी धामको दर्शन गर्नुभएको छ । उहाँहरुलाई माँ कामाख्या देवी धामका मूल पुजरी सुरेश पौडेलले स्वागत गदैं माँ कामाख्याको महिमाको बारेमा जानकारी गराउनु भएको थियो ।
लुम्बिनी केबलकारको बुटवल उपमहानगरपालिका वडा नं.–३ रुपन्देहीमा बटम स्टेशन र पाल्पा जिल्ला तिनाउ गाउँपालिका वडा नं.–३ बशन्तपुर डाँडामा टप स्टेशन रहेको छ । मात्र १२ मिनेट केबलकारको यात्रा बाट बशन्तपुरमा पुग्न सकिन्छ भने केबलकारको माथिल्लो स्टेशनमा नेपालको प्रसिद्ध तान्त्रिक शक्तिपिठ कामाख्या देवीको मन्दिर रहेको छ ।
केबलकारको यात्रा बाट बुटवल सहर, सिद्धबाबा मन्दिर, तराई, पहाडको हरियाली वन जंगल र उत्तर तर्फ अन्नपूर्ण हिम श्रृखला देखि दक्षीण तर्फ नेपालको गौतमबुद्ध बिमानस्थलको साथै भारतको गोरखपुर सम्मको दृश्यालोकन गर्न सकिन्छ । बशन्तपुर डाँडामा जिप लाईन (Zip Line) जाइन्ट स्विङ्ग (Giant Swing) स्काई साइक्लिङ्ग (Sky Cycling) लगायतका शाहसिक मनोरञ्जनात्मक खेलह? खेल्न सकिने र लुम्बिनी केबलकारद्धारा सञ्चालित भेज, ननभेज खाजा तथा खानाको सुपथ मूल्यमा व्यवस्था रहेको लुम्बिनी केबलकार लिमिटेडले जनाएको छ ।
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालद्धारा केबलकारको अवलोकन भ्रमण एवं कामाख्या धामको दर्शन
प्रतिक्रिया