जापानमा अरुको घरबार बिगार्ने बदमास नेपालीहरु
जापान । जापान भन्ने वित्तिकै राम्रो कमाई हुने राम्रो देश भन्ने आम बुझाई छ । जापान गएर राम्रो कमाई गर्नेहरुको घरबार गज्जब सुखी र खुशी होला भन्ने लाग्छ । अझ श्रीमान्–श्रीमती नै जापान गएकाहरुको कमाई त दोब्बर हुने नै भयो । श्रीमान्–श्रीमती संगै बसेपछि परिवारमा कुनै समस्या आउला भन्ने पनि भएन । तर त्यस्तो होइन रहेछ, जापानमा रहेका केही गलत नियतका नेपालीहरुका कारण त्यहां थुप्रैको घरबार बिग्रिएको र लाखौं रुपैयां नोक्सान भएर नेपाली दाजुभाई र दिदीबहिनीहरु पीडित हुनेपरेको घटनाहरु पनि थुप्रै छन् । जापानमा रहेका बागलुङका प्रकाश पुन र पुर्वी रुकुमका फर्कबहादुर बुढा र काभ्रेकी एक तामाङ थरकी महिला मिलेर यौन र आर्थिक स्वार्थका कारण जापानमै रहेका रुपन्देहीका एक सोझो पुरुषको घरबार छिन्नभिन्न बनाइदिएका छन् । श्रीमतीलाई पनि जापान लगेर संगै बस्ने, दुबै जनाले राम्रो कमाई गर्ने र भविष्य उज्ज्वल बनाउने सपना सांचेर श्रीमतीलाई जापान लगेका थिए । त्यहां जापानीज भाषा पनि सिकाइरहेका थिए । त्यसअघि ड्राइभिङ,ब्युटिपार्लर लगायत तालिम सिकाएका थिए । र श्रीमतीले आंशिकरुपमा काम पनि गर्थिन् । दुईजनाको सम्बन्ध सुमधुर चल्दै थियो ।
तर रुपन्देहीका ती पुरुषकी श्रीमतीलाई जापानमै काम गर्ने तामाङ थरकी महिलाले साथी बनाइन् । ती तामाङ महिला प्रकाश र फर्कबहादुरसंग चिनजानकी र संगै काम गर्ने साथी थिइन् । उनी जापानिज भाषामा कमजोर भएकाले उनलाई काम गर्ने ठाउंमा टिकिराख्न भाषा जानेका पुन र बुढाको साथ चाहिन्थ्यो । पुन र बुढाले त्यही कमजोरीको फाइदा उठाउंदै कम्पनीको व्यवस्थापनसंग महिलाको काम राम्रो छ भन्ने रिपोर्टिङ गरेर महिलालाई आफूहरुमाथि आश्रित जस्तै बनाएका थिए । यसरी तामाङ महिलासंग उनीहरुको सम्बन्ध प्रगाढ जस्तै थियो । तामाङ महिलाका माध्यमबाट पुन र बुढा रुपन्देहीका पुरुषकी श्रीमतीसंग पनि नजिक भए । उनीहरुले तिलोत्तमाका पुरुषको सोझोपनको फाइदा उठाउंदै उनकी श्रीमतीलाई आफूतिर आकर्षित गर्न थाले । त्यसको माध्यम बन्यो नेपाल मगर संघले माघे संक्रान्तिका अवसरमा जापानमा आयोजना गरेको सांस्कृतिक कार्यक्रम ।
नेपाली कलाकारहरुको सांगीतिक प्रस्तुति हुने उक्त कार्यक्रममा आउन तामाङ महिलामार्फत पुन र बुढाले रुपन्देहीका पुरुषकी श्रीमतीलाई बोलाए । महिला साथीले बोलाएपछि उनी जान तयार भइन् । तर पुन र बुढाको उद्देश्य र योजना सांस्कृतिक कार्यक्रममा सहभागी गराउनु मात्र थिएन । उनीहरुले सांस्कृतिक कार्यक्रमपछि ती महिलालाई डिस्कोमा पु¥याए । त्यहां खानपिन गरे, नाचे, घुलमिल भए । अनि घर फर्किने बेला बुढाले आफ्नो कोठामा पु¥याए । बुढा जापानमा एक्लै बस्थे । उनले श्रीमती लैजान पाउंदैन थिए । उनी अवैधरुपले जापानमा बसेर काम गरिरहेका थिए । सांस्कृतिक कार्यक्रम र डिस्कोमा संगै संगै नाचेर रातको समयमा परस्त्रीलाई आफ्नो कोठामा पु¥याएपछि के के भए होला ? त्यो सहजै अनुमान गर्न सकिन्छ ।
यही घटनाले रुपन्देहीका पुरुषले श्रीमतीमाथि शंका गर्न बाध्य भए । किनकी श्रीमतीले उनलाई ठांटेकी थिइन् । ४–५ बजे शुरु हुने सांस्कृतिक कार्यक्रमलाई एक बजे भनेर गएकी थिइन् । डिस्कोमा गएको बताएकी थिइनन् । राति १ बजेसम्म घर फर्किने बारे श्रीमानलाई जानकारी गराइनन् । श्रीमानको फोन् रिसिभ गरिनन् । राति सवा १ बजे भिडियो कल गरेपछि वाध्य भएर उठाइन् । र बाटोमा गाडीमा छु, आधा घण्टामा आउछु भनिन् । जबकि बुढाको कोठाबाट उनी बस्ने ठाउंमा पुग्न ५ मिनेट मात्र लाग्थ्यो । यसरी ढांटेको पुष्टी भएपछि सोझो लोग्नेको मनमा चीसो र शंका पस्यो । उनले यो विषयमा सत्य तथ्य बताउन अनुरोध गर्दा श्रीमतीले झुटकै सहारा लिन थालिन् र श्रीमान्संग ५० लाख माग्दै डिभोर्स माग्न थालिन् । श्रीमतीलाई यो सब गर्न पर्दा पछाडिबाट उक्साउने र निर्देशन दिनेहरु ती तामाङ महिला, र पुन र बुढा नै थिए । उनीहरुको निर्देशनमा ती महिलाले आफ्नो लोग्नेलाई हप्तामा एकदिन मात्र यौन सम्पर्क गर्न दिने सम्म भनेर टाढा बनाइन् ।
यो कुरा रुपन्देहीका पुरुषलाई सह्य हुने कुरै भएन । उनले पनि साथी र आफन्तसंग परामर्श गरे । आफ्नो गल्ती विनै श्रीमतीले मागेको जति रकम दिएर डिभोर्स नगर्ने अडान लिएर बसे । श्रीमतीलाई नेपाल पठाए । माइती पक्ष पनि ज्वाईको गल्ती छैन भन्नेमा स्पष्ट भएपछि ८ लाख मात्रै रकम लिएर कानूनी रुपमा डिभोर्स भयो । तर संगै जिउने संगै मर्ने वाचा गरेका हुनाले श्रीमतीका लागि आफूले २० लाख बराबर लगानी गरेको भएपनि धोका दिएका कारण त्यो रकम समेत डुबेको उनी बताउंछन् । ‘मेरो जीवनमाथि यस्तो अप्रिय घटना भएपनि अरु कसैको नहोस्, कसैको घरबार नबिग्रियोस्, यसमा सबै चनाखो हुनुपर्छ’– उनले भने–‘विदेशमा रोजगारीका लागि गएका नेपालीहरु इमान्दार भएर आफ्नो काम गर्नुको साटो आफ्नै नेपाली दाजुभाइ दिदी बहिनोको घर बार बिगार्दै मोजमस्तीको पछि लाग्दा घर र छोराछोरीको भविष्य समेत बिग्रेको छ, इज्जत पनि गएको छ ।’
आफ्नो घटना एउटा प्रतिनिधिमूलक उदाहरण मात्र भएको बताउंदै रुपन्देहीका ती पीडित पुरुषले जापानमा अरुको घरबार बिगार्ने प्रकाश पुन र फर्कबहादुर बुढा जस्ता अरु थुप्रै बद्मास नेपालीहरु हुनसक्ने भएकाले सबैजना सचेत हुनुपर्ने अनुरोध गर्छन् ।
जापानमा अरुको घरबार बिगार्ने बदमास नेपालीहरु
प्रतिक्रिया