सन्ध्या आरतीमा भक्तजनहरुको उत्साहजन सहभागिता
लुम्बिनी केबलकारको माथिल्लो स्टेशन तिनाउ –३ पाल्पा बशन्तपुरमा हरेक महिनाको पहिलो दिन हुने माँ कामाख्या सन्ध्या दिव्य महाआरतीमा भक्तजनहरुको उत्साहजनक सहभागिता हुने गरेको छ । माँ कामाख्या मन्दिरमा गत चैत्र महिना देखि हरेक महिनाको पहिलो दिन नियमित सन्ध्या महाआरती हुदै आएको माँ कामाख्या देवी मन्दिरका मूल पुजारी सुरेश पौडेलले बताउनु भयो ।
महाआरतीमा सहभागि हुने भक्तजनहरुलाई लुम्बिनी केबलकारले यात्रा टिकटमा छुट दिने गरेको छ । प्रत्येक महिनाको १ गते साझ ५ बजेपछि महाआरतीमा सहभागि हुने भक्तजनहरुलाई लुम्बिनी केबलकारको यात्रामा ५० प्रतिशत छुटमा टिकट उपलब्ध गराउने व्यवस्था रहेको लुम्बिनी केबलकारका अपरेशन म्यानेजर डिएन कायस्थले जानकारी गराउनु भयो ।