spot_img

युक्रेनी आक्रमणपछि रुसका हजारौं बासिन्दालाई सुरक्षित स्थानमा सारियो

युक्रेनी आक्रमणपछि रुसका हजारौं बासिन्दालाई सुरक्षित स्थानमा सारियो
रुस र युक्रेनबीच बढ्दो द्वन्द्वबीच पछिल्लो समय युक्रेनले रुसी सीमा क्षेत्रमा आक्रमण बिस्तार गरेको छ।

युक्रेनको बढ्दो आक्रामण्को कारण रुसको सीमावर्ती बेलगोरोड क्षेत्रको क्रास्नोयारुज्स्की जिल्लाबाट झण्डै ११ हजार मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको क्षेत्रीय गभर्नर व्याचेस्लाव ग्लेडकोभले जनाएका छन्।

गर्भनरका अनुसार विस्थापितमध्ये लगभग एक हजार मानिस हाल अस्थायी आवास केन्द्रहरूमा राखिएका छन्। ‘बिग्रँदो सुरक्षा अवस्थाका कारण सोमबार आफ्नो घर छोडेका क्रास्नोयारुज्स्की जिल्लाका विस्थापितलाई खान–बस्नलगायतका न्यूनतम आवश्यकताका सामानहरू प्रदान गरी सुरक्षित राखिएको छ,’ ग्लेडकोभले भने।

 

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर