बंगलादेशमा १३ वर्षयताकै उच्च मूल्यवृद्धि
बंगलादेशको मुद्रास्फीति दर ११.६६ प्रतिशत पुगेको छ। यो बंगलादेशमा १३ वर्षयताकै सबैभन्दा बढी वृद्धि दर रहेको बंगलादेशको तथ्यांक विभाग ले जनाएको छ।
खाद्यान्नको मूल्यवृद्धिका कारण मूल्यवृद्धिदर अस्वाभाविक रूपमा बढेको जनाइएको छ । गत जुनमा मूल्यवृद्धिदर ९.७२ प्रतिशत रहेको बिबिएस को तथ्यांकले देखाएको छ।
बिबिएसका अनुसार खाद्य मूल्यवृद्धि जुलाईमा १४.१० प्रतिशतले बढेको छ, जुन एक दशकको अवधिमा सबैभन्दा धैरे हो।