प्रदेशका मन्त्रीमण्डलबाट हटाईए आठजना राज्यमन्त्री
मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले आठजना राज्यमन्त्रीलाई मन्त्रीमण्डलबाट हटाएका छन् । २० सदस्यीय जम्बो मुख्यमन्त्री परिषद् बनाएको भन्दै सबैतिर आलोचना भएपछि मुख्यमन्त्री सिंहले आज सबै पार्टीबाट राज्यमन्त्री बनेकालाई हटाएका हुन् ।
कांग्रेसबाट राज्यमन्त्री रहेका रेखा ठाकुर र निलमकुमारी रजक, लोसपाबाट राज्यमन्त्री रामबाबु यादव, एमालेबाट राज्यमन्त्री रहेका मोहम्मद जैद आलम, केशव राय र शारदा देवी थापालाई हटाइएको छ ।
त्यसैगरी, मुख्यमन्त्री सिंहले आफ्नो पार्टी जनमतबाट राज्यमन्त्री बनेकी रञ्जुकुमारी मण्डल खङ र शम्भु साहलाई पनि हटाएका छन् ।