spot_img

अनेरास्ववियु सैनामैना नगर कमिटी द्वारा पर्रोहा परमेश्वर धाममा सर्बत पानी वितरण तथा सरसफाई कार्यक्रम सम्पन्न

निश्चल ज्ञवाली । सैनामैना,रुपन्देही

सैनामैना नगरपालिकाको पर्रोहा बोलबम धाममा अा अर्थात साउनको २८ गते सर्वत पानी वितरण तथा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।

अनेरास्ववियु सैनामैना नगर कमिटीले अायोजना गरेको उक्त कार्यक्रममा नि:शुल्क रुपमा सर्वत पानी वितरण गरिएको थियो भने उपस्थित नगर कमिटी सदस्य एवं पदाधिकारीहरुले मन्दिर वरिपरि सरसफाइ गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै अतिथि एवं सैनामैना नगरपालिका वडा नं १ का वडा सदस्यले अनेरास्ववियुले मन्दिरमा अाइ सर्वत पानी वितरण गर्नु सराहनीय कार्यभएको बताउनुभयो । वहाँले भन्नुभयो ” हजुरहरुले गरेको कार्य अाफैंमा उत्कृष्ट छ, यस्तो कार्यलाई निरन्तरता दिनुहोस् ।”

त्यसैगरी कार्यक्रममा सहिद नारायण पोख्रेल रामापुर क्याम्पस कमिटीका पूर्व अध्यक्ष विमल न्यौपानेले अनेरास्ववियु सैनामैना नगर कमिटीले राजनीति कुरा मात्र नगरी अध्यात्म र समाजसेवालाई पनि अगाडि बढाउने उल्लेख गर्नुभएयो । साथै वहाँले हरेक वर्ष फरक फरक किसिमको कार्यक्रम गरि अाफ्नो संगठनलाई रचनात्मक बनाउने जिकिर गर्नुभएको छ ।

कार्यक्रममा बल्दै अनेरास्ववियु जिल्ला कमिटी सदस्य एवं स्ववियु सदस्य मेलिना पुन मगरले अनेरास्ववियु समाजको मूल्य मान्यता एवं धर्म संस्कृति जोगाउन सदैव तत्पर रहेको बताउनुभयो ।

त्यस्तै सहिद नारायण पोख्रेल रामापुर क्याम्पस कमिटीका वर्तमान अध्यक्ष विज्ञान पाण्डेले श्रावण महिना चलहेको बेला पर्रोहा मन्दिरमा अाई सर्वत पानी पिलाउन र सरसफाइ गर्न पाउन ठूलो भाग्य एवं गर्वको विषय रहेको उल्लेख गर्नुभएको छ ।

अनेरास्ववियु सैनामैना नगर कमिटी अध्यक्ष अमृता भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रम बिहान ६:३० बजेदेखि सुरु भएको सुरु भएको थियो भने उक्त कार्यक्रममा सैनामैना नगर कमिटीका सदस्य,जिल्ला कमिटी सदस्य एवं पदाधिकारीहरुको उपस्थित थियो ।

पर्रोहा परमेश्वर मन्दिरमा हेरक वर्ष श्रावण महिनामा ठूलो आध्यात्मिक मेला लाग्ने गर्दछ । अनेरास्ववियु सैनामैना नगर कमिटीले विगतका वर्षमा जस्तै यस वर्ष पनि मन्दिरमा गई उत्कृष्ट काम गरेको छ ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर