पश्चिम नेपालमा अवस्थित परो्हा मन्दिरको पुन: निर्माणसँगै यो मन्दिरले पशुपतिनाथ पुगेर गरिने झल्को दिलाउन थालेको छ । प्रत्येक वर्ष शिव रात्री, श्रावण महिनामा ठूलो सङ्ख्या यो मन्दिरमा दर्शनार्थीको घुइँचो बढ्ने गर्छ ।
रुपन्देही जिल्लाको सैनामैना नगरपालिका वडा नं मा अवस्थित यो मन्दिरले हरेक भक्तजनको मन जित्न सफल छ । प्रत्येक वर्ष झैं यो वर्षको श्रावण महिनामा पनि देश तथा विदेशबाट मन्दिरमा दर्शन गर्न अाउने दर्शनार्थीको चाप उस्तै छ ।
पहिले पहिले भक्तजनहरु शिवको दर्शन तथा पूजा गर्न काठमाडौं स्थित पशुपतिनाथ मन्दिर जान्थे र पूजा अारधना सहित भगवान् शिवको पूजा गर्थे तर अहिले मानिसहरु पूजा गर्नकै लागि पशुपतिनाथ पुग्नुपर्ने बाध्यताको अन्त्य यश पर्रोहा मन्दिरले गरेको छ । त्यसैले पनि यो मन्दिरलाई पश्चिमको पशुपतिनाथ भनेर नामकरण समेत गरिने गरेको पाइन्छ ।
वि.सं २०४९ सालबाट सुरु हुन लागेको बोलबा मेला अहिलेसम्म प्रख्यात छ । यो मन्दिर पुन : निर्माण भएसँगै यसले पशुपतिनाथको यादलाई ताजा गरेको छ । यो मन्दिरको पुन: निर्माण गर्न नेपाल सरकारले रु ७ करोड बराबरको खर्च गरेको छ ।
शैलीमा पुन: निर्माण भएको यो मन्दिरको अाफ्नै मौलिकता र संस्कृतिको प्रतिबिम्ब छ । वातावरणीय हिसाबले पनि साथ दिएको यो मन्दिर अहिले हरेक भक्तजनको आकर्षणको केन्द्र बनेको छ ।
मन्दिरमा दर्शनार्थी पर्यटकहरुलाई अाकर्षण गर्न व्यवस्थापन समिति गठन गरि कामहरु हुँदै अाएको छ । बुटवल पश्चिमै गुरुकुल शिक्षा पढाइ हुने व्यवस्था पनि यसै मन्दिरले गरेको छ ।
पर्रोहा मन्दिर मन्दिरमा मात्र सिमित छैन, यो मन्दिर हाम्रो संस्कृति, कला ,धर्म,सभ्यतासँग जोडिन पुग्छ यो वर्ष साउन महिनाको अन्तिम दिन सम्म जम्मा दर्शनार्थीले मन्दिर दर्शन गरेका छन् जसमध्ये भारत लगायतका देशबाट र नेपालभरीबाट जम्मा दर्शन गरेका हुन् ।
यो मन्दिरमा हरेक वर्ष शिवरात्रीको समयमा र विशेष गरेर श्रावणमा मेला लागे जस्तै रमाइलो एवं अाध्यात्मिक वातावरणको लुप्त उठाउन पाइन्छ । यो मन्दिरमा भगवान शिवको प्रतीक निराकार शिवलिङ्ग १०८ समेत रहेको जहाँ जल चढाए र त्यसको परिक्रमा गरेमा पुण्य प्राप्त हुने धार्मिक विश्वास समेत छ ।
मौलिकता, संस्कृति, सभ्यतासँग जोडिएको मन्दिरले साच्चै नै पशुपतिनाथको झल्को दिन्छ ।
यो मन्दिरलाई थप व्यवस्थित एवं राम्रो बनाउन मन्दरमा व्यवस्थापन समित गठा गरिएको छ साथै सैनामैना नगरभित्र क्लब एवं संघसंस्थाले पनि मन्दिरको गरिमा बढाउन अाफ्नो तर्फबाट लागि परेका छन् । त्यसैगरी राजनीतिक दलका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि एवं सिङ्गो राज्य नै यसको महत्त्व उजागढ बनाउन खटिएका छन् ।
यो मन्दिरका साथै सैनामैना क्षेत्रमा पर्यटकको सङ्ख्या वृद्धि गराउन संघिय , प्रदेश एवं स्थानीय सरकारले ठूलो भूमिका निभाउनु पर्ने देखिएको छ ।