श्रावण जलार्पण २८ गते भक्तजनहरुलाई लुम्बिनी केबलकारको टिकटमा ५० प्रतिशत छुट
बुटवल साउन २७
नेपालको प्रसिद्ध धार्मिक शक्ति पीठ मध्येको एक माँ कामाख्या देवी मन्दिर तिनाउ –३ पाल्पा बशन्तपुरमा भोलि विषेश जलार्पण भेला हुने भएको छ । देवाधिदेव महादेवको प्रिय महिना श्रावणको अन्तिम दिन महादेव कि अर्धाङ्गिनी सतिदेवीको शाश्वत स्वरुप माँ कामाख्या देवीमा भोलि विषेश जर्लापण गर्ने कार्यक्रम रहेको माँ कामाख्या मन्दिरका मूल पुजारी सुरेश पौडेलले जानकारी गराउनु भयो ।
भोलि श्रावण महिनाको अन्तिम सोमवार भएकोले माँ कामाख्याको मन्दिरमा विषेश जलार्पण कार्यक्रम हुने भएको हो । माँ कामाख्याको मन्दिरमा जलार्पण गर्ने भक्तजनहरुको सहजताका लागि लुम्बिनी केबलकारले ५० प्रतिशत छुटको व्यवस्था गरेको लुम्बिनी केबलकारका अपरेशन म्यानेजर डिएन कायस्थले बताउनु भयो ।
भोलि माँ कामाख्याको मन्दिरमा जर्लापण गर्न जाने भक्तजनहरुले ५० प्रतिशत छुटमा केबलकारको टिकट उपलब्ध गराउने र उक्त छुट टिकट बिहान ८ः३० बजेदेखि मध्यान्न १२ बजे सम्म खरिद गर्न सकिने लुम्बिनी केबलकारका म्यानेजर प्रज्वल घिमिरेले जानकारी गराउनु भयो ।
श्रावण जलार्पण २८ गते सहभागिहरुलाई लुम्बिनी केबलकारको टिकटमा ५० प्रतिशत छुट
प्रतिक्रिया