राष्ट्रिय प्रजातन्त्र पार्टीका सुदूर पश्चिम प्रदेश कार्यकारी सदस्य नवीन संज्याल छोटो भारत भ्रमण सकेर फर्किएका छन् । भारत भ्रमण कार्यक्रममा राप्रपा प्रवास सङ्गठन क्रणाटकले व्याङ्गलोरमा उनको भव्य स्वागत गरेको थियो ।
व्याङ्गलोरबाट नेपाल फर्किएका संज्याल यतिबेला सुदूरपश्चिमका चर्चित युवा नेता वैकुण्ठ बजगाईँसँग भेटवार्ताको उद्देश्य लिएर फर्किएका छन् ।सुदूर पश्चिम भरी छरिएर रहेका युवाहरूलाई एकजुट बनाएर लैजान व्याङलोरले संज्याल मार्फत बजगाईँ समक्ष प्रस्ताव पठाएको छ ।



