spot_img

बडिगाड गाउँपालिका पहिरोमा परि ८ जनाको ज्यान गयो खराब मौसमले हेलिकप्टर जान ढिलाइ भएको पालिका अध्यक्ष को भनाइ

बागलुङको बडिगाडमा पहिरोमा परी ८ जनाको मृत्युबागलुङको बडिगाड गाउँपालिकामा पहिरोमा परी ८ जनाको मृत्यु भएको छ । वडा नम्बर १० दर्लिममा ६ जना र वडा नम्बर ९ को बलघाँसमा २ जना गरी आठ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले जानकारी दिए ।

बडीगाड गाउँपालिका १० मा घरगोठ बगाउँदा मृत्यु हुनेमा ७ वर्षीया मालती बुढा, ७ वर्षीया मधु बुढा, सञ्जु विककी ६ महिने नाबालिका छोरी, १३ वर्षीय मनोज बुढा, अन्दाजी १२/१३ वर्षका अमन बुढा र ५९ वर्षीय मैतीदेवी विकको मृत्यु भएको हो ।यसैगरी संगीता बुढा, सुमित्रा विक, सीता थापा र मंगलसिंह बुढा घाइते भएका छन् ।यसैगरी वडा नम्बर ९ मा १५ वर्षीय विधान परियार र गंगा विकको मृत्यु भएको छ ।घाइतेहरुलाई उद्धार गर्न जिल्ला सदरमुकामबाट हेलिकोप्टर पठाउन लागिएको र खराब मौसमका कारण हेलिकप्टर पठाउन समस्या भएको पालिका अध्यक्ष गण्डकी थापा अधिकारिले जानकारी दिनु भयो ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर