spot_img

बडिगाडमा पहिरोमा१ को मृत्यु ४घर पुरिए उद्धारमा सबै लाग्न अध्यक्ष थापाको आग्रह

बडिगाडमा पहिरोमा१ को मृत्यु ४घर पुरिए उद्धारमा लाग्न अध्यक्ष थापाको आग्रह

बाग्लुङ बडिगाडमा पहिरोमा पुरिएर एक जनाको मृत्यु,केही घर पुरिए

बाग्लुङको बडिगाड गाउँपालिका वडा न ९मा घरमाथीबाट आएको पहिरोमा पुरिएर बडिगाड मा एक बालक को मृत्यु भएको छ ।

बागलुङको बडिगाड गाउँपालिका–९ दर्लीङखोलामान पहिरोले घर पुरिँदा १५ बर्षिय बिद्यान परियारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पहिरोले थप केही घर पुरिएकाले उद्धारको काम चलिरहेको इलाका प्रहरी कार्यालय भीमगिठेले जनाएको छ ।

बडिगाड गाउँपालिकाकै वडा नं. १० दर्लिङमा पहिरोले तीन घर पुरेको छ । कठिन भुगोलका कारण प्रहरी र जनप्रतिनिधि समेत घटनास्थलमा पुग्न नसकेको पालिका अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिनु भयो।

पहिरोले घरहरु पुरेकाले त्यहाँ मानिस भए नभएको एकिन गर्न सकिएको छैन् । घटनास्थल वरपरका सर्वसाधारण फोन समेत नलागेकाले उद्धारमा कठिनाई भैरहेको छ । पालिका अध्यक्ष गण्डकी थापा अधिकारीले पहिरोमा परेकाको तत्काल खोजी गर्न र घाइतेहरुलाई उपचारको कुनै कमि नहुन दिन आग्रह गर्नु भएको छ।अहिले पालिका अध्यक्ष पालिकाको जरुरी कामले काठमाडौ रहेकोर उपाध्यक्ष भिमसेन वन को नेतृत्वमा घटना स्थलमा टोलि पठाईसएको अहिले नेपाल प्रहरी नगर प्रहरी र औसधि सहित पालिकाको उपचारको लागि स्वास्थ्यको डाक्टर सहितको टिम पुगेको अध्यक्ष थापाले बताउनु भयो बर्खाको समय बाढी पहिरोले गर्दा यातायात नचल्दा घन्टौं पैदल हिड्नुपर्ने बताईएकोछ यद्यपि छिटोछरितो घाइते लाई तत्काल अस्पताल मा उपचार गर्न ल्याउन र उपचार त्यहा संभव नभए आफुले पोखरा काठमाडौ जहाँ भएतापनी उपचारमा कुनै कमि हुन नदिने अध्यक्ष गण्डकी थापा अधिकारीले बताउनु भयो अहिले उद्धारमाको काम भैरहेको छ। अध्यक्ष थापाले दिएको पछिल्लो जानकारी अनुसार दुई १३ र १४ वर्ष को बालकको मृत्यु भएकोर २ जना घाइते रहेको बताईएकोछ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर