spot_img

गुल्मीको मुसिकोट नगरपालिका वडा नं १ पहिरोले घर बगाउँदा ४ जनाको मृत्यु २जना घाइते

गुल्मीको मुसिकोट नगरपालिका वडा नं १ बिसौनामा पहिरोले घर बगाउँदा ४ जनाको मृत्यु भएको छ ।

स्थानीय बिष्णु बि.क र हुकुम बि.कको घरमा माथिबाट आएको लेदो सहितको पहिरोले घर पुरिँदा ४ जनाको घटनास्थलमै ज्यान गएको पत्रकार माधव खरेलले जानकारी दिनुभयो । पहिरोमा परी २ जना घाईते भएका छन् । घाईते दुई श्रीमान श्रीमती हुन् ।

अहिले घटनास्थलमा उद्धारको काम जारी छ । घाईते २ जनालाई उद्धार गरी उपचारका लागि लगिँदै गरेको बताईएको छ । घटनास्थलमा मोटरबाटो पनि नजाने भएकाले उद्धारका लागि समस्या भएको स्थानीय बिष्णु फुल्लेले बताउनुभयो । घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।

यता अबिरल वर्षापछिको पहिरोले बागलुङमा एक जनाको ज्यान गएको छ ।

बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–९ नयाबस्ती बलघासमा पहिरोले पुर्दा १५ वर्षका विधान परियारको मृत्यु भएको बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर