बंगलादेशको आन्दोलनले गरायो सत्ता परिवर्तन
बुटवल साउन २२
बंगलादेशमा सरकारबिरोधी आन्दोलन क्रमश नियन्त्रण बाहिर गए संगै प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिदै देश छाड्न बाध्य भएकी छन् । प्रधानमन्त्रीले देश छाडे संगै बंगलादेशका सेना प्रमुख जनरल वाकर–यज–जमानले सबै दलको सहभागितामा अन्तरिम सरकार गठन गर्ने बताएका छन् ।
बंगलादेशको आन्दोलन अनियन्ँित्रत हुदै गएपछि प्रधानमन्त्रि शेख हसिनाको राजीनामा संगै सेना प्रमुखले सम्बोधन गदै सत्तामा सेनाले अग्रशरता लिएको बताएका हुन् । प्रधानमन्त्रीले राजीनामा दिएर देश समेत छाडिसकेकोले अब नागरिकले सेना माथि विश्वास गर्नुपर्ने सेना प्रमुखले बताएका छन् ।
अहिलेको विकशित घटना संगै १८ वर्ष पछि सेना पुःन सत्तामा आएको हो । अवामी लिग पार्टीकी शेख हसिना र बंगालादेश नेश्नालिष्ट पार्टीकी वेगम खालिदा जिया बीचको चरम द्धन्दले सन् २००६ मा सेनाले सत्ता हातमा लिएको थियो । सन् २००८ को निर्वाचन पछि शेख हसिना निरन्तर रुपमा सत्तामा थिइन भने खालिदा जिया अत्यन्तै कमजोर प्रतिपक्षको रुपमा रहेको अवस्था थियो । राजनीतिक विश्लेषकहरुको भनाई अनुसार शेख हसिनाको दमनको कारणले नै बंगालादेश नेश्नालिष्ट पार्टी कमजोर बनेको थियो ।
अहिलेको आन्दोलन आरक्षणको व्यवस्थाको बिरुद्धमा शुरु गरिएको थियो । पाकिस्थान बाट बंगालादेश स्वतन्त्र बनाउनको लागि सन् १९७१ मा सघर्ष गरेकाहरुलाई बंगालादेशमा मुक्ति बाहिनी भनिन्छ र निजहरुलाई देशले स्वतन्त्रता सेनानीको सम्मान दिदै आएको छ । स्वतन्त्रता सेनानीका परिवारका सन्तानहरुलाई सरकारी जागिरमा ३० प्रतिशत आरक्षणको व्यवस्था गरिएको थियो । स्वतन्त्रता सेनानीका नाति –पनाति सम्मले पनि ३० प्रतिशत सुबिधा पाउने भएपछि त्यसैको बिरोधमा आन्दोलन शुरु भएको थियो । आन्दोदनको शुरुवात युवा विधार्थीहरुले गरेका थिए ।
यस अघि पनि आरक्षणको बिरोधमा आन्दोदन हुने गरेको थियो । आन्दोलनलाई मध्यनजर गरेर सन् २०१८ मा शेख हसिना सरकारले आरक्षणाई ३० प्रतिशत बाट घटाएर ६ प्रतिशतमा सिमित गरेको थियो । तर सरकारको उक्त निर्णयका बिरुद्धमा स्वतन्त्र सेनानीका परिवारले दायर गरेको रिटमा उच्च अदालतले जुन ५ मा पुःन स्थापित गरिदिए पछि विद्र्याथीहरुले आन्दोलनको शुरुवात गरेका थिए । आन्दोलन बढे संगै सर्वोच्च अदालतले उच्च अदालतको फैसला खारेज गरिसकेको छ ।
सर्वोच्च आदेश संगौ आन्दोलन रोकिने धेरैले अपेक्षा गरेका थिए । तर आन्दोलनरत विद्र्याथीमाथि प्रधानमन्त्री शेख हसिनाले पत्रकार सम्मेलनमा भद्दा टिप्पणी गरिन् । उनको भनाई थियो आ।क्षण स्वतन्त्र सेनानीका परिवारले नपाउने हो भने के रजाकारका सन्ताले पाउने हो ? स्वतन्त्रताको आन्दोलनमा पाकिस्तानको तर्फबाट लडेकाहरुलाई रजाकार भनिन्छ र बंगालादेशमा निजहरुलाई देशद्रोही मानिन्छ । प्रधानमन्त्रीले नै आन्दोलनरत विद्र्याथीहरुलाई देशद्रोही र आतंककारी भने संगै आन्दोलन प्रधानमन्त्री लक्षीत भएको हो ।
आन्दोलनको क्रममा झण्डै २ सय भन्दा बढीको ज्यान गएसंगै प्रधानमन्त्रीको राजीनामा र न्यायको लागि भन्दै आन्दोलन चर्कियो । बिद्र्याथीहरु सडकमा उत्रिए । गएको आईतवार मात्र सरकारबाट भएको दमनमा करिब ४४ जनाको ज्यान गएको थियो । सरकारले चरम दमन गरेपनि आन्दोलनले उग्र रुप लिदै गएपछि १६ वर्ष लामो शासनमा भएकी शेख हसिनाले राजीनामा मात्रै दिन परेन देश नै छाड्नु पर्ने सम्मको अवस्था निर्माण हुन पुग्यो ।
देश नै छाड्नुपर्ने अवस्था आए संगै प्रधानमन्त्री शेख हसिनाले देशबासीको नाममा सम्बोदन गर्ने चाहना व्यक्त गरेको तर सेनाले त्यसको पनि अबशर नदिई भाग्ने वातावरण बनाईदिएको सञ्चार माध्यमहरुले जनाएका छन् । बंगालादेश छाडे संगै उनी छिमेकी देश भारत पुगेको बताएको छ भने भारतदेखि पनि निज अन्यत्र देश जान सक्ने विभिन्न सञ्चार माध्यमहरुले बताएका छन् ।
पछिल्लो आन्दोलन नियन्त्रण गर्नका लागि प्रहरीले दशौं हजार विद्र्याथीहरुलाई र विपक्षी दलका नेता कार्यकर्ताहरुलाई पक्राउ गरेको थियो । सरकारको दमन र पक्राउको बिरोधमा आइतवारदेखि शुरु गरिएको अवज्ञा आन्दोलनमा सार्वजनिक यातायात कलकारखाना बन्दको आव्हान गरिएको थियो । आन्दोलनको बिरोधमा प्रधानमन्त्रीको पार्टी अवामी लिगले पनि देशभर –यालीको आयोजना गरेको थियो । यसैक्रममा बन्दकर्ता र बन्दको बिरोधीहरुको बीचमा भएको झडपको क्रममा आइतवार मात्रै ९४ जना भन्दा बढीको ज्यान गएको थियो ।
स्थिती नियन्त्रणमा लिनको लागि सरकारले आईतवार साझदेखि अनिश्चितकालिन कफ्युको धोषणा गरेको थियो । देशका सबै प्रमुख शहरहरुका साथै औधोगिक क्षेत्र र सदरमुकाम लगायतका क्षेत्रहरुमा मानिसहरुलाई बाहिर निस्किन रोक लगार्र्ईएको थियो । तर कफ्यु आदेशको अवज्ञा गर्दै सोमवार ४ लाख भन्दा वढी प्रर्दशनकारीहरु सडकमा उत्रिएका थिए । अवज्ञा आन्दोलनको क्रममा प्रर्दशनकारीले सरकारलाई कर तथा वबजुली पानी लगायतको महशुल नतिर्न जनतालाई आव्हान गरेका थिए । सोमवार प्रर्दशनकारी मध्य ढाकाको शाहवाग तर्फ अघि बढेपछि प्रहरीले साउण्ड ग्रिनेड र अश्रुग्यास प्रहार गरेको थियो । ढाकामा सोमवार भएको हिंसात्मक घटनाहरुमा ६६ भन्दा वढीको ज्यान गएको थियो । प्रर्दशनकारीले ढाकास्थित स्वतन्त्रता सेनानी शेख मुजिबिर रहमानको सालिक तोडफोड गर्नुका साथै बंगबन्धु संग्रहालयमा आगो लगाएका थिए । प्रर्दशनकारी प्रधानमन्त्रीको सरकारी निवास गणभवनमा प्रवेश गरेका थिए ।
आन्दोलन तथा प्रर्दशन र हिंशा बढ्दै गएपछि सोमबार देशैभर इन्टरनेट सेवा बन्द गरिएको थियो । द ढाका टिब्युन, बंगला टिब्युन, डेली स्टार बंगला लगायत बंगालादेशका प्रमुख समाचारका साईटहरु समेत बन्द गरिएका थिए ।
बंगलादेशको आन्दोलनले गरायो सत्ता परिवर्तन
प्रतिक्रिया